१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

डा. कसीको समर्थनमा जुम्लाका चिकित्सकद्वारा सेवा ठप्प

जुम्ला—लामो समयदेखि स्वास्थ्य क्षेत्रको विकृतिविरुद्ध आन्दोलनरत प्राध्यपक डा. गोविन्द केसीको समर्थनमा जुम्लामा आन्दोलन शुरु भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका चिकित्सक तथा कर्मचारीले आकस्मीक बाहेकका सवै सेवा वन्द गरेर आन्दोलनमा उत्रिएका हुन्।

अस्पतालको प्रशासनिक र ओपिडी सेवा वन्द भएपछि सेवाग्राही मर्कामा परेका हुन्।  

शिक्षण अस्पतालका सचिव चेतनबहादुर रोकायाले स्वास्थ्य क्षेत्रको उन्नती प्रगतिका लागि उठाइएका डा. केसीका माग पुरा नहुन्जेलसम्म आन्दोलन जारी रहने बताए।

‘पहिलो दिन ओपिडी र प्रशासनिक काम ठप्प पारेका छौं’, उनले भने, ‘मागलाई अझै बेवास्ता गरिए सडकमै उत्रिएर आन्दोलनका कार्यक्रमलाई अघि बढाउँछौं।’ 

आकस्मिक र वार्डका विरामीलाई हेर्छौ तर ओपिडीका विरामीको स्वास्थ्य जाच गर्न सक्दैनौ चिकित्सक डा. हरीहर देवकोटाले भने। स्वास्थ्य क्षेत्रको विकासका लागि उठेको मागलाई वास्ता नगर्ने सरकारी रवैयाप्रति हाम्रो विरोध छ। 

 

प्रकाशित: १६ मंसिर २०७३ ०६:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App