१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

माओवादी नेता नै संविधान संशोधनको विपक्षमा

काठमाडौं- सरकारको नेतृत्वकर्ता नेकपा (माओवादी केन्द्र)का एक केन्द्रीय सदस्यले संविधान संशोधनको विरोधमा जनस्तरबाट भएका कार्यक्रममा ऐक्यबद्धता जनाएका छन्। केन्द्रीय सदस्य आरसी न्यौपानेले संशोधनमार्फत् विवादित मुद्दा सच्याउँदै शक्ति सन्तुलन र राष्ट्रिय सहमतिका साथ संविधान कार्यान्वयन गर्दै मुलुकलाई दिशानिर्देश गर्न संशोधन प्रस्ताव सकारात्मक प्रयास भए पनि हिमाल, पहाड, तराईका राष्ट्रिय जीवनको अन्तर्निर्भरता र शक्तिलाई प्रतिकूल प्रभाव गर्नेगरी, शाश्वत सत्यलाई नै अस्तित्वहीन बनाउने सोच गलत भएको जनाए।

गुल्मी निवासी न्यौपानेले विज्ञप्ति जारी गरी प्रादेशिक सीमाङ्कन संशोधनको सम्बन्धमा जनस्तरबाट राष्ट्रिय हितमा उठेका आवाजलाई ऐक्यबद्धता जनाउँदै जारी विरोध कार्यक्रममा सहभागिताको लागि आह्वान गरे। विज्ञप्तिमा भनिएको छ- 'लुम्बिनीमा तराई र पहाडलाई एउटै राष्ट्रिय मूलप्रवाह तथा एउटै प्रदेशमा राख्ने जुन सचेत अभियान तथा आन्दोलन चलिरहेको छ, त्यसमा हाम्रो ऐक्यबद्धतासहित सहभागिता छ।' रासस

प्रकाशित: १६ मंसिर २०७३ ०५:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App