१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

लागुऔषधसहित तीन जना पक्राउ

काठमाडौं – नेपाल प्रहरी लागुऔषध नियन्त्रण ब्यूरोले छ किलोग्राम ४०० ग्राम गाँजा र सात किलोग्राम चरेससहित तीन जनालाई पक्राउ गरेको छ। ब्यूरोको टोलीले लागुऔषध ओसारपसार कार्यमा संलग्न अच्युत त्रिपाठी, राजेन्द्रप्रसाद पाण्डे र सुरेन्द्र पाण्डेलाई विभिन्न मितिमा पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो।
 
ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार लामाले पक्राउ परेका त्रिपाठीले अडियो म्युजिक सिस्टमभित्र लुकाएर काठमाडौं महानगरपालिका–१६ मा रहेको डिलाइट होटलमा राखेको अवस्थामा त्रिपाठी र होटलका सञ्चालकद्वयलाई पक्राउ गरिएको जानकारी दिए।

त्रिपाठीले लागुऔषध लुकाएर राखेको अडियो म्युजिक सिस्टम फ्लाई दुवई एयरको एयर कार्गोमार्फत क्यानडा हुँदै नेपाल भित्रिएको र उक्त लागुऔषध पनि विदेशबाट नेपाल आएको अनुसन्धानमा खुल्न आएको लामाले बताए। पक्राउ परेका पाण्डेद्वय यसअघि पनि विदेशबाट लागुऔषध कारोवार गर्ने गरेको अनुन्धानमा खुलेको छ। 

पक्राउ परेकालाई लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ। रासस

प्रकाशित: ७ कार्तिक २०७६ ०५:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App