१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

सात सय क्विन्टल अग्र्यानिक स्याउ बिक्री

बाजुरा – कृषि ज्ञान केन्द्र बाजुराले किसानलाई राहतस्वरुप ६०० क्विन्टल ढुवानी सुविधालाई आधार मानेर ७०० क्विन्टल स्याउ बिक्री गरेको छ । केन्द्रले दिएको राहत अनुदानभन्दा १०० क्विन्टल  बढी स्याउ बिक्री भएको कृषि ज्ञान केन्द्र बाजुराका कृषि प्रसार अधिकृत मीनप्रसाद जोशीले बताए । 

मार्तडी–कोल्टी सडक वर्षात्का कारण अवरुद्ध बनेपछि ढुवानी समस्याकै कारण झण्डै एक करोडभन्दा बढी मूल्यको स्याउ बारीमै थन्किएको थियो । यसै समस्यालाई मध्यनजर गर्दै कृषि ज्ञान केन्द्र बाजुराले पहिलोपटक स्याउ ढुवानी अनुदान सहयोग कार्यक्रम ल्याएको छ । बारीमै कुहिएर, आफन्तलाई दिएर वा आफूले खाएर र बाँकी केही मात्र आम्दानी गर्ने किसानको समस्यालाई मध्यनजर गर्दै कृषि ज्ञान केन्द्र बाजुराले स्याउ ढुवानी अनुदान सहयोग कार्यक्रम ल्याएको हो ।
 
जसले ढुवानीका १३ देखि ५० रुपैयाँमा बारीको स्याउ खरीद गरी बाजुरा जिल्लालगायत काठमाडौं, चितवन, धनगढी, नेपालगञ्जसम्म पुगेर बिक्री भइसकेको ज्ञान केन्द्र बाजुरा जनाएको छ । ७०० क्विन्टल स्याउ बिक्रीबाट ५६ लाख रुपैयाँ बराबरको आर्थिक कारोवार भएको केन्द्र जनाएको छ ।
 
यो वर्ष माथिल्लो क्षेत्रका पाण्डुसैन, स्वामिकात्तिक र जग्गनाथको स्याउ सङ्कलन गरी बिक्री गरिएको कोशेलीघर बाजुराका अमर खड्काले बताए । सङ्कलन र बिक्रीका लागि तीन सहकारी र एउटा अपुसा कन्स्ट्रक्सन एण्ड सप्लायर्सले जिम्मा लिएको थियो । बाजुराको अग्र्यानिक स्याउ नाम दिएर बजारमा आएको स्याउले अपेक्षाभन्दा बढी आम्दानी भएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।
 
पछिल्लो समयमा कृषि ज्ञान केन्द्र बाजुरा ढुवानी अनुदान कटाएपछि भने स्याउको मूल्य बढेर आएको कोशेलीघर बाजुराका खड्काले बताए । कृषि ज्ञान केन्द्र बाजुराले अनुदान दिएको बेला स्याउको मूल्य मार्तडीमा ७५ रुपैयाँमाख ए ग्रेड, ७० बी ग्रेड र ६५ रुपैयाँमा सी गे्रडमा पाइन्थ्यो भने अहिले सहकारीमार्फत् ढुवानी गर्दा ९० देखि ११० रुपैयाँ सम्ममा बिक्री वितरण भइरहेको छ । रासस

प्रकाशित: ७ कार्तिक २०७६ ०५:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App