१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

ट्रक दुर्घटनामा चालकको मृत्यु

बैतडी - धनगढीबाट दार्चुलातर्फ गइरहेको से १ ख १९२३ नम्बरको मिनी ट्रक महाकाली राजमार्गअन्र्तगत बैतडीको सतबाँझ– गोकुलेश्वर सडकखण्डको सिन्केलेकमा बिहीबार बिहान २ बजे दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

ट्रक चालक दार्चुलाको नौगाड गाउँपालिका सिप्टीका धनसिंह धामी रहेका बैतडी जिल्ला प्रहरी प्रमुख डिएसपी डिल्लीनारायण पाण्डेले जानकारी दिए। ट्रक सडकबाट करिब २ सय मिटर तल खसेको जनाइएको छ। चालक निदाएको वा ब्रेक फेल भएर ट्रक दुर्घटनामा परेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।

प्रकाशित: ७ कार्तिक २०७६ ०३:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App