१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

उत्तरी सिरियामा शान्ति स्थापनाका लागि रुस र टर्कीबीच सहमति

रुसी सहर सोचीमा भएको बैठकले लिएका निर्णयबारे जानकारी दिन आयोजित संयुक्त पत्रकार सम्मेलनमा टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान (बायाँ) र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन। तस्बिर : एजेन्सी

मस्को (एजेन्सी)– रुस र टर्कीले सिरियामा पछिल्ला केही साता यता भएका द्वन्द्वलाई रोक्ने सम्बन्धमा बुधबार एक सहमति गरेका छन्।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उनका टर्कीस् समकक्षी रेसेप तैयप एर्दोगानसँग रुसी सहर सोकीमा भएको छलफलपछि यस्तो सहमति भएको हो।

सिरियाली कुर्द फौजलाई टर्कीसँग जोडिएको सिरियाको सीमावर्ती क्षेत्रबाट टाढा राख्नेगरी टर्की र रुसले नयाँ सहमति गरेका हुन्। सहमतिलाई दुवै मुलुकले ‘ऐतिहासिक’ भनेका छन्।

क्रेमलिनले आफ्नो वेबसाइटमा एक सूचना जारी गर्दै भनेको छ, ‘सहमति बुधबार (अक्टोबर २३) दिउसो १२ बजेदेखि नै कार्यान्वयनमा आउनेछ।’

सहमतिअनुसार रुस तथा सिरियाले आफ्ना सैन्य बललाई टर्कीले हाल आक्रमाण गरिरहेको  क्षेत्रमा तैनाथ गर्नेछन्। टर्कीले भने कुर्द विद्रोहीलाई निशानामा राखी हाल उत्तरी सिरियामा गरिरहेको कारबाहीलाई रोक्नेछ। यस्तै सिरियाली कुर्दलाई सिरिया–टर्कीको सिमाना क्षेत्रबाट ३० किलोमिटर टाढा राखिने छ। उनीहरूलाई यसका लागि एक सय ५० घण्टाको समय दिइनेछ।

टर्कीले कुर्द लडाकुलाई भगाउन तथा सीमावर्ती भेगमा एउटा सुरक्षित क्षेत्र बनाउन भन्दै उत्तरी सिरियामा आक्रमण गरेको थियो।

टर्कीले कुर्द लडाकुलाई भगाउन तथा सीमावर्ती भेगमा एउटा सुरक्षित क्षेत्र बनाउन भन्दै उत्तरी सिरियामा आक्रमण गरेको थियो। रुसले सिरियाका राष्ट्रपति बसर अल–असदलाई सहयोग पु-याउँदै आएको छ। उसले सिरियामा भएको विदेशी हस्तक्षेपप्रति चासो प्रकट गरेको थियो।

झन्डै दुई साताअघि अमेरिकाले आकस्मिक र अनपेक्षित निर्णय गर्दै आफ्नो सेना उत्तरी सिरियाबाट फिर्ता गरेपछि उत्पन्न परिस्थितिमा टर्की र रुसबीच यो सहमति भएको हो। विश्लेषकले यसबाट उक्त क्षेत्रमा टर्की र रुसको प्रभावलाई बलियो बनाउने आँकलन गरेका छन्। सहमति भएको घोषणा भएको केही समयपछि टर्कीले सिरियामा पुनःकारबाही गर्नु नपर्ने बताएको छ। यसअघि टर्कीले कुर्द फौजलाई बाहिर जान दिन भन्दै केही दिनका लागि युद्धविराम गरेको थियो।

टर्कीले सिरियाका दुई सहरबीच एक सय २० किलोमिटर लामो भाग आफ्नो नियन्त्रणमा लिएको छ। त्यसलाई ‘सुरक्षित क्षेत्र’ बनाएर हाल टर्कीमा रहेका झन्डै २० लाख शरणार्थीलाई बसाउने उसको योजना छ।

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान र उनका रुसी समकक्षी भ्लादिमिर पुटिनबीच सोचीस्थित ब्ल्याक सी रिसोर्टमा भएको ६ घण्टा लामो वार्तापछि यस्तो सहमति भएको बिबिसीले उल्लेख गरेको छ।

यद्यपि नयाँ सहमतिबारे कुर्द पक्षले भने कुनै प्रतिक्रिया जनाइसकेको छैन तर सिरियाका राष्ट्रपति असदले रुसी राष्ट्रपति पुटिनलाई धन्यवाद दिएको क्रेमलिनले जनाएको छ। उसका अनुसार असदले भने रुसले गरेको सहमतिप्रति पूर्णसहयोग गर्ने प्रतिक्रिया दिइसकेका छन्।

प्रकाशित: ७ कार्तिक २०७६ ०३:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App