२० वैशाख २०८३ आइतबार
image/svg+xml
अर्थ

प्राइम बैंकको कर्जा जोखिममा

काठमाडौं – रुपन्देहीको तिलोत्तमा नगरपालिका–१३ स्थित टाइगर वन प्रालिद्वारा सञ्चालित सिल्भर हेरिटेज होटल रिसोर्ट तथा क्यासिनोमा लगानी गरेको प्राइम बैंकको कर्जा जोखिममा परेको छ।

प्राइम बैंकको नेतृत्वमा लगानी गरिएको ऋण जोखिममा परेको सूचना पाएपछि नेपाल राष्ट्र बैंकले तथ्यपूर्ण विवरण र सूचना यथाशीघ्र पठाउन उक्त बैंकलाई निर्देशन दिएको छ। राष्ट्र बैंकका उपनिर्देशक पिताम्बर पोखरेलले एक पत्र लेखी प्राइम बैंकलाई तथ्यपूर्ण सूचना उपलब्ध गराउन निर्देशन दिएका हुन्।  उक्त रिसोर्ट बनाएको जमिनमा किचोला हुँदा विवादित बन्दै आएको छ।

प्रकाशित: ७ कार्तिक २०७६ ०१:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App