सेनाको भर्ना छनौटमा अनियमितता, पैसा खाने ४ सैनिकसहित २७ माथि कारवाही

बुधबार, ०६ कार्तिक २०७६, १३ : १० नागरिक

काठमाडौं– नेपाली सेनाको सैन्य भर्ना छनौटमा अनियमितता भएको पाइएको छ। सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार अनियमिततामा संलग्न ४ सैनिकसहित २७ जनामाथि अनुसन्धान गरेर कारवाही अगाडि बढाइएको छ। 

निर्देशनालयले साउन १९ गते ४० भर्ना केन्द्रबाट ५ हजार ८ सय जना सैन्य पदको भर्नाका लागि विज्ञापन प्रकाशित गरेको थियो। भर्ना प्रक्रिया सुरु भइसकेको छ। तर, केही भर्ना केन्द्रमा कीर्ते तथा आर्थिक लेनदेन भएको पाइएपछि त्यसमा संलग्न ४ सैनिक र अन्य २३ जनाविरुद्ध सेनाले कारवाही अगाडि बढाएको हो। 

प्रधानसेनापति पूर्णचन्द्र थापाले सेनाको नेतृत्व सम्हालेदेखि भर्ना छनौट प्रक्रियालाई स्वच्छ, निष्पक्ष र स्वस्थ प्रतिस्पर्धात्मक बनाई संगठनमा योग्य व्यक्तिलाई ल्याउने कुरामा जोड दिँदै आएका छन्। जसअन्तर्गत गत वर्षदेखि भर्ना छनौट प्रक्रियालाई प्रभावकारी र व्यवस्थित बनाउन सबै भर्ना केन्द्रमा ‘प्रमाणिकरण कक्ष’ राखेर बायो मेट्रिक मेसिन प्रयोग गरी उम्मेदवारको प्रमाणीकरण तथा कीर्ते नियन्त्रण गरिँदै आएको छ। 

निर्देशनालयका अनुसार यसपटकको विज्ञापनमा उत्तर पश्चिम पृतना भर्ना केन्द्रमा नक्कली परिचयपत्र बनाई कीर्ते गरेको आशंकामा तीन जना, पाँच नम्बर बाहिनी अड्डा कैलाली केन्द्रमा आर्थिक लेनदेन गरेको आशंकामा एक सैनिकलाई निगरानीमा राखेर अनुसन्धान कार्य अघि बढाइएको छ। 

सोही केन्द्रमा नक्कली परीक्षार्थी पठाएर परीक्षा दिन लगाउने ६ जना वास्तविक उम्मेदवार तथा ९ जना नक्कली परीक्षार्थीलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले पक्राउ गरी गरेको छ भने संलग्न अन्य व्यक्तिहरुको खोजी भइरहेको छ। 

यस्तै, सैन्य भर्ना केन्द्र २४ नम्बर बाहिनी अड्डा जुम्ला तथा ५ नम्बर बाहिनी अड्डा कैलालीमा नक्कली परीक्षार्थी पठाई परीषा दिन लगाएका ४ जना नक्कली परीक्षार्थीलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको छ। वास्तविक उम्मेदवारको खोजी भइरहेको छ। साथै अन्य तीन भर्ना केन्द्रमा आर्थिक लेनदेनमा संलग्न ४ जना गैरसैनिक व्यक्तिलाई पक्राउ गरी अनुसन्धान भइरहेको छ।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

रोकिएन टिकटकको क्रेज - प्रयोगकर्ता झन् बढ्ने क्रममा

रोकिएन टिकटकको क्रेज - प्रयोगकर्ता झन् बढ्ने क्रममा

टिकटकको डाउनलोड संख्या १ अर्ब ५० करोड पुगेको छ! ...

“शिवम् कृति समारोह २०७६” सम्पन्न

“शिवम् कृति समारोह २०७६” सम्पन्न

शिवम् सिमेन्टस लि.ले “शिवम् कृति समारोह २०७६” भव्यरुपमा सम्पन्न गरेको छ । ...

अर्घाखाँची सिमेन्टद्धारा टिभीसी प्रतियोगिता सार्वजनिक

अर्घाखाँची सिमेन्टद्धारा टिभीसी प्रतियोगिता सार्वजनिक

अर्घाखाँची सिमेन्टले आइतबार टेलिभिजनको लागि कमर्सियल (विज्ञापन) को अवधारणाको प्रतियोगिता सार्वजनिक गरेको छ । ...

कलरओएस सिक्सका ६ बेजोड फाइदा

कलरओएस सिक्सका ६ बेजोड फाइदा

कलरओएस सिक्सका साथमा रेनोटू एफ नेपालमा सार्वजनिक भएसंगै उपभोक्तामा यो ओएसको क्षमता र यसबाट कसरी सर्वाधिक फाइदा लिन सकिन्छ भन्ने...

घोराही सिमेन्ट उद्योग सम्मानित

घोराही सिमेन्ट उद्योग सम्मानित

नेपालभरका विभिन्न उद्योगमध्ये सबैभन्दा धेरै मूल्य अभिबृद्धिकर बुझाएबापत घोराही सिमेन्ट उद्योग लगातार दोस्रोपल्ट सम्मानित भएको छ । ...

ओरिजिनल विन्डोज र क्रयाक गरेको विन्डोज - फरक के ?

ओरिजिनल विन्डोज र क्रयाक गरेको विन्डोज - फरक के ?

क्रयाक गरेको विन्डोज प्रयोग गर्नुको बेफाइदा के त ? ...

मंसिर २ गते बाट महिन्द्रा ग्लोबल केयर फेस्ट क्याम्प प्रारम्भ

मंसिर २ गते बाट महिन्द्रा ग्लोबल केयर फेस्ट क्याम्प प्रारम्भ

नेपालको लागि महिन्द्रा गाडीको आधिकारिक बिक्रेता अग्नि ग्रुप अन्तर्गत बालाजू अटोवर्कसले मंसिर २ बाट महिन्द्रा फोर ह्वील गाडीहरुका लागि “महिन्द्रा...

सूर्याेदय नगरमा पर्यटन महोत्सव हुने

सूर्याेदय नगरमा पर्यटन महोत्सव हुने

प्रथम सूर्याेदय नगर पर्यटन महोत्सव २०७६ आयोजना हुने भएको छ । इलामको सूर्याेदय नगरपालिकाको आयोजनामा मंसिर १४ देखि १८ सम्म...

Ncell Footer Ad