पुनःनिर्माणले नछोएका ८३ विद्यालय

बुधबार, ०६ कार्तिक २०७६, ११ : ३३ नागरिक

काभ्रेपलाञ्चोक- भूकम्पबाट क्षतिग्रस्त सामुदायिक विद्यालयमध्ये ८३ विद्यालयलाई अहिलेसम्म पुनःनिर्माण योजनाले छोएको छैन। पुनःनिर्माण योजनाले नछोएका अधिकांश विद्यालयका विद्यार्थी अस्थायी छाप्रोमा पढ्न बाध्य छन्।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणसँग दाताले दिएको रकम सम्झौता गर्न ढिलाइ हुनु, विद्यालयका लागि उपुयक्त जमीन प्राप्त गर्न नसक्नु, विद्यालय छनोटमा ढिलाइ हुनु तथा विभिन्न प्राविधिक कठिनाइका कारण ८३ विद्यालयको पुनःनिर्माणको काम सुरु नभएको जिल्ला शिक्षा समन्वय एकाइ धुलिखेलले जनाएको छ। 'भौगोलिक विकटता, दक्ष कामदारको अभावले पनि पुनःनिर्माणमा प्रतिकूल प्रभाव परेको छ', एकाइ प्रमुख द्वारिका पोखरेलले भने।

जिल्ला शिक्षा विकास तथा समन्वयबीच बजेटमा एकरुपता नहुनु तथा अभिभावकमा चासो–चिन्ता नदेखिनु अर्को प्रमुख कारण रहेको पोखरेलले बताए। उनका अनुसार पुनःनिर्माण थालिएको चार वर्षमा जिल्लाका ५८७ सामुदायिक विद्यालयमध्ये ६० प्रतिशत विद्यालयको पुनःनिर्माणको काम सकिएको छ। पोखरेलले भने, 'निर्माणाधीन विद्यालयका काम हाल तीव्रताका साथ भइरहेको छ।'

भूकम्पबाट क्षतिग्रस्त सामुदायिक विद्यालयको पुनःनिर्माणमा अझै एक वर्ष लाग्ने भएको छ। निर्माणाधीन विद्यालयको ८५ प्रतिशत काम सम्पन्न भएको एकाइको तथ्याङ्कले देखाएको छ। काभ्रेपलाञ्चोकका सामुदायिक विद्यालयको पुनःनिर्माण योजनामा सेभ द चिल्ड्रेन, इको हिमाल, नाङ्साल एशोसिएसन, नेपाल एण्ड बीओल्ड युनिसेफ चायल्ड स्पेस फाउण्डेशन, हेल्थ एण्ड एजुकेशन फर अल, एक्सन एड तथा भारतीय दूतावासलगायतले सहयोग गरेका छन्।

मण्डन देउपुर नगरपालिका र महाभारत गाउँपालिकामा पूर्ण क्षति भएका विद्यालयको पुनःनिर्माणको काम आउँदो विसं २०७७ भित्र सक्ने योजना छ। एकाइका अनुसार हाल धुलिखेल नपामा ५०, पाँचखाल नपामा ७५, पनौती नपामा ६५, नमोबुद्ध नपामा ६५, बनेपा नपामा ६० प्रतिशत विद्यालयको पुनःनिर्माण भएको छ।

यस्तै, खानीखोला गाउँपालिकामा ८०, चौँरीदेउराली गाउँपालिकामा ७०, रोशी गाउँपालिकामा ७०, भुम्लु गाउँपालिकमा ७०, बेथानचोक गाउँपालिकामा ६० र तेमाल गाउँपालिकामा ६५ प्रतिशत सामुदायिक विद्यालयको पुनःनिर्माणको काम  सकिएको हो।

अठ्ठाइस विद्यालय एशियाली विकास बैंक (एडिबी)को सहयोगमा निर्माण भएका छन्। नेपाल सरकार तथा दाताबाट निर्माण सम्पन्न भएका विद्यालय हस्तान्तणको काम पनि भइरहेको पोखरेलले बताए। जिल्लाका कूल ६९० विद्यालयमध्ये १०३ संस्थागत विद्यालय छन्।

ती विद्यालयमा हाल ७७ हजार ८५४ विद्यार्थी अध्ययनरत छन्। रासस

 







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

एनसेलद्वारा पहिलो १४ सुपर सेलरलाई पुरस्कार वितरण

एनसेलद्वारा पहिलो १४ सुपर सेलरलाई पुरस्कार वितरण

एनसेल प्राईभेट लिमिटेडले हाल संचालनमा रहेको आफ्नो ‘एनसेल सुपर सेलर’ योजना अन्तर्गत काठमाडौं र ललितपुर जिल्लाका पहिलो १४ पोइन्ट अफ...

१९७४ एडीको "निरन्तरता" (भिडियो)

१९७४ एडीको "निरन्तरता" (भिडियो)

सांगीतिक रक ब्याण्ड १९७४ एडीका पुराना सदस्यहरु रियुनाइटेड भए लगतै सांगीतिक कार्यक्रममा जुटिरहेको छ। ...

यस्तो छ दराज ११.११ सेलको फाइदा

यस्तो छ दराज ११.११ सेलको फाइदा

नेपालको अनलाइन शपिङ साइट दराजले संसारकै सबै भन्दा ठुलो सेल डे ११.११ सेल (एकदिनकोसेल) यहि कार्तिक २५ गते, नोभेम्बर ११...

साओमीको सर्भिस सेन्टर थपिए

साओमीको सर्भिस सेन्टर थपिए

साओमीले नेपालका लागि थप आधिकारिक सर्भिस सेन्टर घोषणा गरेको छ । ...

सामाजिक सुरक्षा कोषसम्बन्धी अभिमुखीकरण

सामाजिक सुरक्षा कोषसम्बन्धी अभिमुखीकरण

नेपाल विज्ञापन संघ (आन) को आयोजना र सामाजिक सुरक्षा कोषको प्राविधिक सहयोगमा ‘सामाजिक सुरक्षा कोषसम्बन्धी अभिमुखीकरण कार्यक्रम’ सम्पन्न भएको छ...

जनता बैंकको सहयोग

जनता बैंकको सहयोग

जनता बैंक नेपालले क्याम्पसलाई सहयोग गरेको छ । ...

एआई अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

एआई अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

ब्रिटिस कलेजले इन्स्टिच्युट अफ इन्जिनियरिङ (आइओई), पुल्चोक क्याम्पस र इन्स्टिच्युट अफ इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियर्सकोे साझेदारीमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अन्तर्राष्ट्रिय...

एएमडीले ल्यायो सबैभन्दा शक्तिशाली डेस्कटप प्रोसेसर

एएमडीले ल्यायो सबैभन्दा शक्तिशाली डेस्कटप प्रोसेसर

प्रोसेसरको दौडमा इन्टेल पछि पर्दै ! ...

Ncell Footer Ad