१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

काठमाडौं फाइनलमा

काठमाडौं – विराटनगर टाइटन्समाथि ९ विकेटको फराकिलो जित निकाल्दै क्याट क्विन्स काठमाडौं राजधानीमा जारी वुमन्स च्याम्पियन्स लिग (डब्लुसिल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा मंगलबार भएको इलिमिनेटरमा विराटनगर टाइटन्समाथि ९ विकेटको फराकिलो जित निकाल्दै काठमाडौंले चितवनसँगको भेट पक्का गरेको हो। चितवन लिगको शीर्ष स्थानमा रहँदै यसअघि फाइनल पुगिसकेको छ। लज्जास्पद पराजय भोगेको विराटनगर भने प्रतियोगिताबाट बाहिरिएको छ। यसअघि लिगको सबै खेलमा अपराजित रहँदै फाइनलमा स्थान बनाएको चितवन राइनजोसँग क्याट क्विन्सले उपाधिका लागि बिहीबार प्रतिस्पर्धा गर्नेछ।

विराटनगरले दिएको ६९ रनको सामान्य लक्ष्य काठमाडौंले ९ दशमलव ५ ओभरमा मात्र एक विकेट गुमाएर भेटाएको हो। अघिल्लो खेलमा जस्तै काठमाडौंका लागि कप्तान रुबिना क्षत्रीले उत्कृष्ट इनिङ्सलाई निरन्तरता दिइन्। अविजित ३४ रन जोड्दा अप्सरी बेगमले अविजित २७ रनको योगदान गरेकी थिइन्।  रोमा थापा शून्य रनमा पवेलियन फर्किंदा विराटनगरकी सोनु खड्का १ विकेट लिन सफल भइन्।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले १७ दशमलब ३ ओभरमा सबै विकेट गुमाएर मात्र ६८ रन जोड्न सफल भएको थियो। विराटनगरका लागि सोनु खड्काले सर्वाधिक ३४ रन जोड्दा ज्योति पाण्डेले १२ तथा आरती बिडारीले ११ रन जोडे भने अन्य ब्याट्सवुमनले राम्रो स्कोर छुन सकेनन्। विराटनगरलाई सस्तैमा समेट्न काठमाडौंकी कप्तान रुबिना क्षत्रीले ४ विकेट लिइन्। बिहीबार फाइनल  हुनेछ।
 

प्रकाशित: ६ कार्तिक २०७६ ०४:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App