१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

राषट्रपतिसमक्ष ४ देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि पोर्चुगल, कुवेत, युक्रेन र मङ्गोलियाका गैरआवासीय राजदूतहरुले बिहीबार आ–आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्।

राष्ट्रपति कार्यालयमा बुधबार आयोजित विशेष समारोहमा नेपालका लागि पोर्चुगलका राजदूत जोओ डो क्रामो अतिदे दा काम्रा, कुवेतका राजदूत फहद अहमद एम. एम अलवादी, युक्रेनका राजदूत डा इगोर पोलिखा र मङ्गोलियाका राजदूत गोनचिग गान्बोल्डले ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन्।

समारोहमा परराष्ट्रमन्त्री डा प्रकाशशरण महत, प्रधानसेनापति राजेन्द्र क्षत्री, राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका सचिवलगायत उच्च अधिकारी उपस्थित थिए। रासस

प्रकाशित: १५ मंसिर २०७३ १४:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App