पुरानै संरचनामा निर्वाचनमा जान दलहरू सहमत

बुधबार, १५ मङि्सर २०७३, १९ : ५० नागरिक

काठमाडौँ– संविधानको कार्यान्वनयका लागि सबै राजनीतिक दल स्थानीय निकायको निर्वाचन गर्न सहमत भएका छन् ।

सिंहदरबारमा बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएकाे बैठकमा सहभागी सबै राजनीतिक दल स्थानीय निकाय पुनःसंरचना आयोगले दिएको प्रतिवेदनका आधारमा र प्रतिवेदन आउन ढिलो भएमा पुरानै संरचनाअनुसार निर्वाचनमा जान सहमत भएका हुन्।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतम र भीम रावल, नेकपा(माओवादी केन्द्र)का अध्यक्ष र राप्रपाका अध्यक्ष कमल थापा सहभागी उक्त बैठकमा सबै राजनीतिक दलले निर्वाचन जान तयार रहेको अभिव्यक्ति दिएको उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले जानकारी दिए।

स्थानीय निकाय पुनःसंरचना आयोगको प्रतिवेदन आउन ढिलो हुने वा कानुन अपुग भएका अवस्थामा पुरानै संरचनाअनुसार निर्वाचनमा जान एमाले तयार भएको उनले जानकारी दिए।

नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री हरहालतमा निर्वाचनमा जान सहमति बनाउने पक्षमा रहेकाे र सोही उद्देश्यले बोलाइएको बुधबारकाे बैठक बाेलाइएकाे भन्दै स्थानीय निकायको निर्वाचन गराउने विषयमा सबै राजनीतिक दलका नेताले समर्थन जनाए।

सरकारले स्थानीय निकायको निर्वाचन चैतको अन्तिम साता वा वैशाखको पहिलो साता गर्ने तयारी गरेको छ। त्यस विषयमा मधेसी मोर्चासँग भोलि छलफल गरेर अगाडि बढ्ने तयारी गरिएको श्रेष्ठले जानकारी दिए।

नेकपा(एमाले)का उपाध्यक्ष भीम रावलले पुनःसंरचना आयोगले ल्याएको प्रतिवेदनलाई सम्मान गर्ने र निर्वाचनमा जाने भन्ने विषयमा एमालेको विमति नभएको आफूहरुले बताएको जानकारी दिए। उनले भने– “स्थानीय निकाय वा अन्य निकायको निर्वाचन सबैमा जान एमाले तम्तयार छ ।”

स्थानीय निकायको निर्वाचनमा जानुपर्छ भन्ने विषयमा सबै राजनीतिक दल सहमत भएको बैठकमा सहभागी काँग्रेस नेता डा रामशरण महतले जानकारी दिनुभयो । स्थानीय तह वा निकाय जुनसुकै भए पनि निर्वाचन गर्नुपर्छ भन्ने विषयमा बैठकमा छलफल भएको उनको भनाइ थियो। रासस








यसमा तपाईको मत

अन्य समाचार

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad