१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

शिक्षा पत्रकार सञ्जालमा नयाँ नेतृत्व

काठमाडौं—शिक्षा पत्रकार सञ्जालको अध्यक्षमा भवानीश्वर गौतम निर्वाचित भएका छन्। सञ्जालको बुधबार भएको सातौं वार्षिक साधारणसभाले गौतमको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। 

सञ्जालको उपाध्यक्षमा रुवी रौनियार, महासचिवमा सूर्यप्रसाद पाण्डे, सचिवमा नारायण किलम्बु र कोषाध्यक्षमा विनोद घिमिरे निर्वाचित भएका छन्। 

यसैगरी सदस्यमा विष्णु नेपाल, शरद शर्मा, रवीचन्द्र पराजुली, पार्वता चौधरी, रुपेश आचार्य र दुर्गा लामिछाने चयन भएका छन्। 

सञ्जाल शिक्षा क्षेत्रमा कलम चलाउने पत्रकारको समूह हो। शिक्षा क्षेत्रमा काम गर्ने ३० जना पत्रकारको सञ्जालमा सहभागिता छ । रासस 

 

प्रकाशित: १५ मंसिर २०७३ १०:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App