सिमा विवाद सुल्झाउन सात बुँदे सहमति

मङ्गलबार, ०५ कार्तिक २०७६, १२ : ३३ नागरिक

गोरखा- बारपाक सुलीकोट गाउँपालिकाको बारपाक र धार्चे गाउँपालिकाको लाप्राकबीच लामो समयदेखिको सीमा विवाद सुल्झाउन सात बुदें सहमति गरिएको छ। जिल्ला समन्यव समितिको समन्वयमा सोमबार सम्पन्न सर्वपक्षीय बैठकमा साविकका दुई गाविसबीचको सीमा विवाद मिलाउन सहमति भएको हो।

दुई दिनदेखि लगातार भएको सर्वपक्षीय बैठकले बारपाक र लाप्राकबीचको सिमानालाई वैज्ञानिक ढङ्गले सिमाङ्कन गर्ने निर्णय भएको जिल्ला समन्यव समितिका प्रमुख अशोककुमार गुरुङले जानकारी दिए। 'सिमाङ्कनका लागि स्थानीय दुवैतर्फका बस्तीको परामर्शमा सङ्घ र प्रदेश सरकारलाई अनुरोध गर्ने सहमति भएको छ', उनले भने।

तत्कालका लागि भने दुवै गाउँपालिकाले परापूर्वकालदेखि प्रयोग गर्दै आएका सिमानाका खर्कहरु सोहीअनुसार प्रयोग गर्ने सहमति भएको प्रमुख गुरुङले जानकारी दिए। 'परापूर्वकालदेखि भोगचलन गर्दै आएका खर्कहरु पहिले जे–जसरी प्रयोग हुदैं आएका छन्, त्यसलाई निरन्तरता दिने सहमति पनि भएको छ', उनले भने। केही दिनअघि लाप्राक पुग्ने सडकखण्ड निर्माणमा भएको अवरोधलाई हटाउने निर्णय पनि सर्वपक्षीय बैठकमा भएको प्रमुख गुरुङले जानकारी दिए।

'बारपाक–लाप्राक सडकखण्ड मर्मतकार्यलाई तत्काल अघि बढाउने सहमति बैठकले गरेको छ', उनले भने, 'लाप्राकसम्म बस सञ्चालन गर्ने वातावरण बनाउन पनि सबै पक्षबीच सहमति भएको छ।' खानेपानीको सवालमा स्थानीयवासीको आवश्यकतालाई मध्यनजर गर्दै सीमा क्षेत्रमा रहेको मूलको पानी सहमतिमा बाँडफाँड गर्ने निर्णय भएको छ।

सहमतिअनुसार बारपाकको सामुदायिक वन समितिले नियन्त्रणमा लिएको लाप्राकका स्थानीयवासीका बोका र बाख्रा लाप्राकीलाई नै तत्काल फिर्ता गराउने सहमति भएको प्रमुख गुरुङले जानकारी दिए। त्यस्तै दुवै पक्षले त्यस क्षेत्रको शान्ति सुरक्षामा खलल पुग्ने गरी कुनै काम नगर्ने, अन्य विवादित विषयमा स्थानीय तहले सम्बन्धित वडाको परामर्श र सहयोगमा आपसी छलफलको आधारमा टुङ्गो लगाउने निर्णयसमेत गरिएको उनले जानकारी दिए।

छलफलमा जिल्ला समन्यव समिति प्रमुख गुरुङ, प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछाने, बारपाक सुलीकोट गाउँपालिकाका अध्यक्ष विष्णु भट्ट, धार्चे गाउँपालिका अध्यक्ष सन्तोष गुरुङ, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, वडाध्यक्ष तथा स्थानीयवासीलगायतको सहभागिता थियो। रासस







यसमा तपाईको मत

अन्य समाचार

भक्तपुरमा बाजेको सेकुवा

भक्तपुरमा बाजेको सेकुवा

मौलिक नेपाली स्वाद पस्कँदै आएको ‘बाजेको सेकुवा’ले भक्तपुरको गठ्ठाघरमा शाखा विस्तार गरेको छ । ...

अनाथालयलाई बंगलादेश बैंकको सहयोग

अनाथालयलाई बंगलादेश बैंकको सहयोग

नेपाल बंगलादेश बैंकले विश्व बाल दिवसको अवसरमा ललितपुरको धापाखेलस्थित नवकिरण अनाथ, असहाय बाल उत्थान समाजलाई ३१ थान ब्ल्यांकेट सहयोग गरेको...

जनता र ग्लोबलको कार्ड एकअर्काको एटिएममा निःशुल्क

जनता र ग्लोबलको कार्ड एकअर्काको एटिएममा निःशुल्क

जनता बैंक नेपाल र ग्लोबल आइएमई बैंक मर्जरसम्बन्धी प्रस्ताव दुवै बैंकको साधारण सभाबाट पारित भएसँगै यी दुईका एटिएम कार्ड जुनसुकैको...

मारुती सिमेन्टलाई गुणस्तर अवार्ड

मारुती सिमेन्टलाई गुणस्तर अवार्ड

मारुती सिमेन्ट एनएस क्वालिटी अवार्ड २०१९ द्वारा सम्मानित भएको छ । ...

जाडोका लागि सिजीको घरायसी सामग्री

जाडोका लागि सिजीको घरायसी सामग्री

इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले नजिकिँदो जाडोलाई लक्षित गरी विभिन्न किसिमका घरायसी सामग्री बजारमा ल्याएको छ । ...

मन जित्दै सिटिजन शुभारम्भ जीवनबिमा योजना

मन जित्दै सिटिजन शुभारम्भ जीवनबिमा योजना

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सञ्चालनमा ल्याएको सिटिजन शुभारम्भ जीवन बिमा योजनाले प्रचलनमा आएको केही दिनमै मन जित्न सफल भएको कम्पनीले...

सोल्टीमा पंजाबी फूड फेस्ट (भिडियो)

सोल्टीमा पंजाबी फूड फेस्ट (भिडियो)

फूड फेस्टिवलमा परम्परागत पंजाबी खाना सस्तो मूल्यमा शाकाहारी र मांसाहारी दुवै उपलब्ध छन् जुन सबै पंजाबको राजमार्ग ढाबाबाट प्रेरित छन्।

दमौलीमा खुल्यो जेसीबीको नयाँ आउटलेट

दमौलीमा खुल्यो जेसीबीको नयाँ आउटलेट

नेपालको लागि जेसीबी ब्रान्डका अर्थमुभिङ तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले तनहुँको दमौलीमा आफ्नो ‘अथराइज्ड रिटेल आउटलेट’ (एआरओ)...

Ncell Footer Ad