१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

थाई नरेशले खोसे आफ्नै ‘पत्नी’को शाही उपाधि

बैंकक – थाइल्यान्डका नरेश (राजा) महा वाचिरालंकनले आफ्नी एक ‘पत्नी’को शाही उपाधि खोसेका छन्। उनी राजा बन्नुभन्दा पहिला ती महिला उनकी एक भित्रिनी थिइन्।

उच्च तहको नियुक्ति पाएको केही महिनामै ती महिलाले विश्वासघात गरेको आरोप लगाउँदै राजाले त्यस्तो यस्तो निर्णय लिएको बिबिसीले उल्लेख गरेको छ।

एउटा औपचारिक शाही घोषणामा सिनिनात वङ्वाचिराफाक ‘महत्वाकांक्षी’ बनेकी र उनले आफूलाई रानीको हैसियतमा पदोन्नति गर्ने प्रयास गरेको उल्लेख छ।

उनका व्यवहार अपमानजनक ठहरिएको सो शाही घोषणामा बताइएको छ। राजाले चौथो पत्नीको रूपमा रानी सुथिदासँग बिहे गरेको दुई महिनालगत्तै ती महिलालाई जुलाई महिनामा ‘चाओ खुन फ्रा सिनिनात विलासकलयानी’को उपाधि दिएका थिए। उक्त उपाधि झन्डै एक शताब्दीमा पहिलो पटक दिइएको थियो। मेजर जनरल सिनिनात तालिमप्राप्त पाइलट, नर्स र अंगरक्षक हुन्। सुथिदालाई रानी नियुक्त गर्ने बेलामा पनि खराब गतिविधि गरिएको आरोप उनीमाथि लगाइएको छ।

गत अगस्टमा उनले सैन्य पोसाकमा जेट विमान चलाइरहेको फोटो औपचारिक रूपमा सार्वजनिक गर्दै राजाले उनको शाही जीवनगाथा सिर्जना गर्न निर्देशन दिएको उल्लेख थियो।

पूर्वविमान परिचारिका तथा राजाको अंगरक्षक समूहकी प्रमुख ४१ वर्षीया रानी सुथिदा भने राजा वाचिरालंनको लामो समयदेखिको साथी थिइन् र उनलाई कैयौं वर्षदेखि सार्वजनिक समारोहमा राजासँगै देखिन्थ्यो। सन् २०१६ मा पिताको मृत्युपछि राजा  महा वाचिरालंकन सिंहासनमा आएका हुन्।

प्रकाशित: ५ कार्तिक २०७६ ०२:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App