१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

शर्मा सम्मानित

काठमाडौं – ब्राजिलमा भएको विश्व कराते च्याम्पियनसिपमा नेपालका प्रशिक्षक एवं नेपाल राष्ट्रिय मार्सल आर्ट्स गेम्सका महासंघका महासचिव दिनेश शर्मा सम्मानित भएका छन् ।

नेपालमा मार्सल आटर््सको विकास र विस्तारमा उल्लेख्य योगदान गरेका कारण शर्मालाई एप्रिसेसन अवार्ड र गोल्ड मेडलले अन्तर्राष्ट्रिय कराते महासंघले सम्मान गरेको हो । शर्मा यसअघि अमेरिका, बेलायत, जर्मनी, भारतलगायत देशका खेलसंघबाट पनि सम्मानित भइसकेका छन् । प्रशिक्षक शर्मा बारा निजगढ ३ सिंगौल निवासी हुन् ।

उक्त प्रतियोगितामा ६० देखि ६५ किलोको खुला प्रतियोगिताको कुमुतेतर्पm कांस्य पदक विजेता नेपालका राजकुमार दराई र टोली व्यवस्थापक रामकृष्ण श्रेष्ठ(राम बोस) पनि सम्मानित भएका छन् ।

 

प्रकाशित: ५ कार्तिक २०७६ ०२:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App