१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

मालोर्कासँगको हारले जिदानलाई दबाब

मड्रिड – जिनेदिन जिदानले अप्रिलमा यस सिजन रियाल मड्रिडका लागि च्याम्पियन्स लिगभन्दा स्पेनिस ला लिगा नै प्राथमिकतामा रहेको बताएका थिए। शनिबार ला लिगमा  रियाल मालोर्कासँगको हारले के स्पष्ट संकेत गर्छ भने रियालसँग दुवै प्रतियोगितालाई प्राथमिकतामा राखेर उत्कृष्ट प्रदर्शन गर्न चाहिने बलियो टोली छैन।

‘हाम्रा लागि अर्को वर्ष, लिग हाम्रो मुख्य प्राथमिकता हो,’ जिदानले भने, ‘यो लामो प्रतियोगिता हो र यसलाई प्राथमिकताबाहिर राख्न पनि मिल्दैन। अब टोलीले कुन प्रतियोगितामा कस्तो प्रदर्शन गर्छ त्यो खेलाडीले गर्ने प्रदर्शन भर पर्छ।’

रियालले च्याम्पियन्स लिगअन्तर्गत समूह ‘ए’ को अवे खेलमा गालातासरेको सामना गर्दैछ। यसका लागि जिदानले टोलीमा केही परिवर्तन पक्कै गरेका छन्। मालोर्काविरुद्ध भोगेको सिजनको पहिलो हारले पनि जिदानमाथिको दबाब थपिएको छ। त्यसैले उनी त्यो दबाब मंगलबार सुखद नतिजाका साथ भुलाउन चाहन्छन्। इडेन हाजार्ड आफ्नो चौथो सन्तानको जन्मका कारण शुक्रबारबाटै टोलीमा छैनन् भने टोनी क्रुज, लुका मोडरिच र गारेथ बेल पनि पूर्ण रूपमा फिट छैनन्।

‘प्रत्येक तीन खेलमा हामीले प्रस्ट्याउनुपर्छ। यो नै हाम्रा लागि चुनौती हो,’ रियालका प्रशिक्षक जिदानले भने, ‘हामीले सन्तुलित प्रदर्शन गर्नु छ। खेलमा अझै केन्द्रित रहेर राम्रो गर्नु छ।’

यसै सिजन बढुवा भएको मालोर्कासँग पराजित भएको रियाल १८ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ। समान ९ खेल खेलेको बार्सिलोनाको १९ अंक छ। बार्सिलोना शीर्ष स्थानमा छ।

‘खेलाडी घाइते हुनु खेलकै एक पाटो हो,’जिदानले भने, ‘टोलीमा अन्य खेलाडी पनि छन्। जसका सामु उत्कृष्ट प्रदर्शन गर्ने सुनौलो अवसर पनि छ।’
२०१७ मा जिदानको प्रशिक्षण रियाल मड्रिडले ला लिगाको उपाधि जित्दा उनको टोलीले कमजोर टोलीविरुद्ध रबाफिलो प्रदर्शन गर्दैै आएको थियो।

तर गत सिजनको मध्यतिर मात्र पुनः प्रशिक्षणमा फर्किएका जिदानले यस सिजन भने त्यो स्वाभाविक प्रदर्शनलाई निरन्तरता दिन सकिरहेका छैनन्।
२०१४ पछि च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गर्न नसकेको गालातासरेले सुपर लिगको ४८ खेलमा ४ खेल मात्र जितेको छ। तर टर्किस महारथीवरुद्ध पछिल्लो ४ भ्रमणमा तीन हार बेहोरेकाले रियाल मड्रिड सचेत हुन भने आवश्यक छ।
 

 

प्रकाशित: ५ कार्तिक २०७६ ०२:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App