२० वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

म्यानचेस्टरसँग रोकियो लिभरपुल

लन्डन – लिभरपुल  इङ्लिस प्रिमियर लिगमा लगातार १८औं जितको कीर्तिमान बराबरी गर्न असफल भएको छ। यद्यपि एडम लालनाले गरेको गोलमा योर्गान क्लोपको टोली म्यानचेस्टर युनाइटेडविरुद्ध हारको संकट टार्न भने सफल भएको छ।

प्रिमियर लिगअन्तर्गत आइतबार म्यानचेस्टर युनाइटेडसँग १–१ को बराबरी खेल्दै युरोपेली च्याम्पियन लिभरपुल सिजको पहिलो हारको संकटबाट उम्किएको हो।

पहिलो हाफमा मार्कुस रसफोर्डले गरेको विवादास्पद गोलमा ओने गनर सोल्सजायरको टोली खेलमा अघि बढेको थियो। तर युनाइटेट खेलको अन्तिम ५ मिनेट सम्हालिन नसक्दा जितबाट टाढिएको थियो। वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गरेका लालनले बललाई जाली चुमाएका थिए।

यस बराबरीपछि पनि लिभरपुल शीर्ष स्थानमा यथावत् छ। टोली २५ अंकका साथ शीर्ष स्थानमा बस्दा दोस्रो स्थानको सिटी १९ अंकका साथ दोस्रो स्थानमा छ। यता स्पष्ट तीन अंक जोड्ने संघारमा पुगे पनि अन्ततः अंक बाँड्न बाध्य भएको युनाइटेड ९ खेलमा १० अंकका साथ १३औं स्थानमा छ। जुन रेलिगेसन क्षेत्रभन्दा मात्र २ अंक बढी हो।

लिभरपुलका प्रशिक्षक क्लोपले रसफोर्डले ३६औं मिनेटमा गोलको मुभ बनाउनुअघि युनाइटेडका रक्षक भिक्टर लेन्डोफले आफ्ना स्ट्राइकर डिभोक ओरिगीमाथि फाउल गरेको आरोप लगाए।

क्लोपको आरोप थियो– लेन्डोफले ओरिगीलाई समाते र सो समयमा उनले त्यो बललाई छोएनन्। उनले भिडियो सहायक रेफ्री (भिएआर) को माग गरे पनि खेल रेफ्रीले त्यसको सुनुवाई नगर्दा क्लोप आक्रोशित बनेका थिए।

‘भिएआरको प्रयोग गरिएको भए रेफ्रीको गलत निर्णय देखिने थियो। तर पनि युनाइटेडले गरेको गोल यथावत् रह्यो। रेफ्री एट्किन्सनले खेल रोकेनन्। मेरा लागि त्यो फाउल नै थियो,’ क्लोपले भने, ‘यो सामान्य समस्या हो। युनाइटेडले यो फाउल नदेख्न सक्छ। यसले कसैलाई पनि फाइदा पुग्दैन। खेल निष्पक्ष हुन आवश्यक छ।’

लिभरपुलले चोटका कारण स्ट्राइकर मोहम्मद सालाहलाई आराम दिए पनि उसका लागि गोलकिपर एलिसन बेर्कर दुई महिनापछि चोट मुक्त हँुदै मैदान फर्किएका थिए। यद्यपि काउन्टर अट्याकको रणनीति बनाएको युनाइटेडले बेर्करको परीक्षण हुने उल्लेख्य आक्रमण भने गर्न सकेन।

‘आज सबै कुरा हाम्रो विपक्षमा गयो। पहिलो हाफमा हाम्रो प्रदर्शन पनि उल्लेख्य रहेन,’ क्लोपले थपे। युनाइटेडका प्रशिक्षक सोल्सजायरले लिभरपुलविरुद्ध ३–५–२ को रणनीति अपनाएका थिए। ‘जब पनि हामी युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा उत्रन्छांै। उनीहरू सधैं

रक्षात्मक रणनीति अपनाउँछन्। यो वर्ष, गत वर्ष र त्यसअघिका वर्षमा पनि। यो सत्यता हो कुनै आलोचना होइन,’ क्लोपको भनाइ थियो।
‘त्यो फाउल हुँदै होइन,’ क्लोपको आक्रोशको जबाफ दिँदै सोल्सजायरले भने, ‘हामी जितबाट टाढियौं। तर यसको अर्थ हाम्रो प्रदर्शन खराब थियो भन्ने होइन।’ प्रिमियर लिगअन्तर्गत आइतबार म्यानचेस्टर युनाइटेडसँग १–१ को बराबरी खेल्दै युरोपेली च्याम्पियन लिभरपुल सिजको पहिलो हारको संकटबाट उम्किएको हो।

 

प्रकाशित: ५ कार्तिक २०७६ ०२:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App