१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

तीन दिनदेखि विद्युत अवरुद्ध

गलेश्वर- उत्तरी म्याग्दी तीन दिनदेखि अन्धकारमय भएको छ। रघुगङ्गा गाउँपालिका–१ बेगखोला नजिकै कालीगण्डकी आसपासको क्षेत्रमा विद्युत लाइन मर्मत नहुँदा सो क्षेत्रका बासिन्दा अन्धकारमा बस्न बाध्य छन्।

विद्युतको खम्बामा देखिएको समस्या समाधान गर्न कालीगण्डकी नदीमा पौडी खेलेर जानुपर्ने भएकाले मर्मतमा ढिलाइ भएको विद्युत प्राधिकरण बेनी वितरण केन्द्रका प्राविधिक तीर्थनाथ शर्माले बताए। 'चाँडै विद्युत आपूर्ति नियमित गर्ने प्रयासमा जुटेका छौँ', उनले भने।

बिजुली नहुँदा अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरस्थित गरिमा विकास बैंकमा सामाजिक सुरक्षा भत्ता लिन आएका वृद्धवृद्धाले सास्ती खेप्नु परिरहेको छ। 'भत्ता वितरण गर्न समस्या भएको छ', बैंकका प्रमुख श्याम थापाले भने। रासस

प्रकाशित: ४ कार्तिक २०७६ ११:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App