१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

विपी राजमार्गमा मालवाहक सवारी तौल गर्न धर्मकाँटा सञ्चालन

सिन्धुली– विपी राजमार्गमा नियम विपरित भार बोक्ने मालवाहक सवारी बढेपछि यहाँको सिन्धुली ट्रक व्यवसायी संघले मालवाहक सवारीले बोक्ने सामानको तौल गर्न सुरु गरेको छ। सिन्धुलीको कमलामाई नगरपालिका ४ ढुंग्रेबासमा धर्मकाँटा संचालन गरि ट्रकको वजन तौल गर्न थालिएको हो। 

सडक दुर्घट्ना तथा विपी राजमार्गको संरक्षणका लागि सरकारले तोकेअनुसारकै भार क्षमता बोक्नुपर्ने र त्यसको मापन गर्नका लागि धर्मकाटा सञ्चालनमा ल्याइएको ट्रक व्यवसायी संघले जनाएको छ। विपी राजमार्गमा सडकको क्षमता भन्दा बढी भार बोकेर मालवाहक सवारी गुड्ने गरेको गुनासो बढेकाले त्यसलाई रोक्नका लागि धर्मकाटा सञ्चालन गरिएको ट्रक व्यवसायी संघ सिन्धुलीका अध्यक्ष तारा दाहालले बताए। उनका अनुसार  सडक राजमार्गको सुरक्षासँगै दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले धर्म काँटा सञ्चालन गरिएको हो।   

सरकारले राजमार्गमा निश्चित भार बोक्नुपर्ने गरि नियम बनाए पनि चालकहरूमा बीच बाटोबाट गाडीधनीले पठाएको भन्दा बढी सामान लोड गर्ने प्रवृत्ति बढेकोे र ओभर लोडका कारण छिट्टै नै टायर खिइने, बेरिङहरू भाँचिने र ब्रेक नलाग्ने भई दुर्घटना हुने गरेकाले धर्मकाटा सञ्चालन गरि वजन नाप्न थालिएको हो। करिब ३० लाख लागतमा धर्मकाटा राखिएको र एउटा ट्रक तौल नाप्दा ५० रुपैयाँ शुल्क लिने नियम बनाई सोही अनुसार काम सुरु भएको अध्यक्ष दाहालले जनाए। 
विपी राजमार्ग हुँदै निर्माण सामग्री, खाद्यान्न, लत्ताकपडा लगायतका सामान लिएर पूर्वको विराटनगर, वीरगन्ज, बुटवल, बर्दिवासदेखि सिन्धुली हुँदै रामेछाप, दोलखा, काभ्रे, ओखलढुंगा, खोटाङ, सिन्धुपाल्चोक, काठमाडौं लगायतका जिल्लामा जाने मालवाहक सवारी गुड्ने भएकाले धर्मकाटा राखि तौल गरेर मात्रै विपी राजमार्गमा गुड्ने नियम बनाइएको हो।
तौल गर्नका लागि धर्मकाटा सिन्धुलीको कमलामाई नगरपालिका–४ स्थित तत्कालिन हाज्माको २ नम्बर गेटनजिकै राखिएको छ।  विपी राजमार्गमा नेपाल सरकारले १६ हजार २ सय केजी तौल मात्रै मालवाहक सवारीले बोक्नपाउने नियम बनाएकाले सोही अनुसार तौल गरि पठाउने गरिएको छ। नियम विपरित बढी भार बाकेमा कारवाही हुने जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।  

प्रकाशित: ४ कार्तिक २०७६ ११:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App