१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

नेकपा जाजरकोटले टुंग्यायो सातै स्थानीय तहको नेतृत्व

जाजरकोट– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी जाजरकोटले  जिल्लाका सातै स्थानीय तहमा  नेतृत्वको टुंगो लगाएको छ। आइतबार राति सदरमुकाम खलंगामा सकिएको   जिल्ला समितिको बैठकले  तीन नगरपालिका र चार गाउँपालिकामा  पार्टीको संगठन विस्तार गर्ने क्रममा  नेतृत्व टुंगो लगाएको नेकपा जाजरकोटका अध्यक्ष ढकवीर रानाले बताए।  

उनका अनुसार पार्टी एकीकरणको अन्तिम कार्यको रुपमा स्थानीय तहको नेतृत्व टुंग्याइएको छ। पार्टी अध्यक्ष ढकवीर रानाको अध्यक्षता र स्थायी समिति सदस्य एवम वन तथा वातावरण मन्त्री शक्तिबहादुर वस्नेतको प्रमुख आतिथ्यतामा बसेको जिल्ला समितिको बैठकले  भेरी नगरपालिकाको अध्यक्षमा पूर्व एमालेका मुकुन्द शर्मालाई अध्यक्ष र पूर्व माओवादीका ललित विकलाई सचिवको जिम्मेवारी दिएको छ। 

यस्तै  नलगाड नगरपालिकाको अध्यक्षमा पुर्व माओवादीका गणेश सिंह र सचिवमा  पुर्व एमालेका जनकवहादुर शाही, छेडागाड नगरपालिकाको  अध्यक्षमा पूर्व एमालेका जयराम न्यौपाने र सचिवमा पूर्व माओवादीका प्रेम खत्रीलाइ जिम्मेवारी दिने निर्णय गरेको अध्यक्ष रानाले बताए। 

यस्तै वारेकोट गाउँपालिकाको अध्यक्षमा पूर्व माओवादीका हरिबहादुर थापा  र सचिवमा  पूर्व एमालेका  भक्तबहादुर बस्नेत, कुसे गाउँपालिकाको अध्यक्षमा पूर्व एमालेका गुम्वबहादुर सिंह र सचिवमा पूर्व माओवादीका नरबहादुर मल्ल, जुनीचाँदे गाउँपालिकाको अध्यक्षमा पूर्व माओवादीका जयबहादुर घर्ती र सचिवमा पूर्व एमालेका गणेश शर्मा  र शिवालय गाउँपालिकाको अध्यक्षमा पुर्व एमालेका रंगनाथ योगी र सचिवमा पूर्व माओवादीका गोपाल घर्तीलाई जिम्मेवारी दिने निर्णय गरिएको अध्यक्ष रानाले जानकारी दिए।  

पूर्व एमाले र पूर्व माओवादीको एकतावाट बनेको नेपाल कम्युनिस्ट पार्टी जाजरकोटले  पार्टी एकताको डेढ वर्षपछि पूर्णता पाएको छ। यस्तै आइतबारकै बैठकले ७ सदस्यीय जिल्ला कार्यालय र ४५ सदस्यीय जिल्ला सचिवालय गठन गरेको छ। ७ सदस्यीय जिल्ला कार्यालयमा पूर्व एमालेको तर्फबाट करवीर शाही, वेदबहादुर शाही र प्रेमप्रसाद घर्ती र पूर्व माओवादीको तर्फवाट ढकवीर राना, प्रताप जैसी चन्द्रवहादुर थापा र जनकराज शर्मा रहेका छन्। 

यस्तै  १६ जना जिल्लास्तरका नेताहरुलाई वैकल्पिक जिल्ला सचिवालय सदस्यको रुपमा  जिम्मेवारी तोकिएको  वताइएको छ।  यस्तै प्रदेश निर्वाचन क्षेत्र समन्वय सचिवालय क्षेत्र नम्वर १को अध्यक्षमा पूर्व एमालेका नरवहादुर बस्नेत र सचिवमा पूर्व माओवादीका अमर वली तथा क्षेत्र नम्वर २ को अध्यक्षमा पुर्व माओवादीका चन्द्रबहादुर थापा र सचिवमा पूर्व एमालेका मोतिलाल वलीले जिम्मेवारी पाएका छन्। 

यस अघि दुई पार्टीका नेताहरु सम्मिलित १ सय ३५ सदस्यीय जिल्ला समिति गठन भइसकेको छ।  सो समितिमा पूर्व एमालेको तर्फवाट ६८ र पूर्व माओवादीको तर्फवाट ६७ जना नेताहरु परेका छन्। पार्टी एकताले पूर्णता पाएसंगै सांगठनिक गतिविधिहरु गाउँमुखी बनाउन आफूहरु लागि पर्ने नेकपा जाजरकोटका सचिव एवम् कर्णाली प्रदेश सभाका सदस्य करवीर शाहीले बताए। 

उनले पार्टी एकीकरणको सन्देश गाउँ गाउँमा पुर्याउन र पार्टीका गतिवविधिहरुलाई  तल्लो तहका कार्यकर्ता र जनताका बीचमा लिन सबै संयन्त्रहरुको प्रयोग गरिने बताए।  यसै सन्दर्भमा  सत्तारुढ नेकपाले जाजरकोटमा कात्तिक ५ र ६ गते जिल्लास्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रम सन्चालन गर्ने भएको छ। 

नयाँ जिम्मेवारी पाएका नेता कार्यकर्तालाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउँदै पार्टी प्रशिक्षण पनि दिइने नेकपाका केन्द्रीय सदस्य युवा नेता रामदीप आचार्यले जानकारी दिए। योसंगै पार्टीका गतिविधिहरु गाउँ र जनतामुखी हुने नेता आचार्यको भनाई छ। 

प्रकाशित: ४ कार्तिक २०७६ ११:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App