१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सिरिया छोडेका अमेरिकी सेना इराका जाने

वासिङ्टन – उत्तरी सिरियाबाट फिर्ता गरिएको सबै अमेरिकी सेना पश्चिम इराकमा तैनाथ गरिने अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जनाएको छ।

अमेरिकी रक्षामन्त्री मार्क एस्परले सञ्चारकर्मीसँग यस विषयमा बोल्दै उत्तरी सिरियाबाट फिर्ता भएको करिब एक हजार अमेरिकी सेनालाई इराक पठाउने जानकारी दिएका छन्। उनका अनुसार पश्चिम इराकमा सक्रिय इस्लामिक स्टेट (आइएस)लाई रोक्नका लागि ती सैनिक तैनाथ गरिने लागिएको हो।

अमेरिकी अनुरोध र दबाबमा टर्कीले पाँच दिनका लागि कुर्द बहुल सिरियाली भूभागमा अस्थायी युद्धविराम गरेको थियो। पाँच दिनभित्र कुर्द लडाकुले पनि सिरिया–टर्की सीमाक्षेत्र छाड्नु पर्ने सर्त पनि राखिएको थियो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने उत्तरी सिरियाबाट फिर्ता भएका सेना अमेरिका ल्याउन लागिएको बताएका थिए। उत्तरी इराकमा सक्रिय इस्लामिक स्टेटलाई परास्त गर्नका लागि अमेरिकाले आफ्नो सेना सो क्षेत्रमा तैनाथ गरेको थियो। त्यहाँको कुर्द विद्रोहीले अमेरिकी सेनालाई साथ दिएका थिए। कुर्द विद्रोहीको साथमा अमेरिकी सेनाले सो क्षेत्रबाट इस्लामिक स्टेटका लडाकुलाई परास्त गर्न सफल पनि भएको थियो। तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक्कासी सो क्षेत्रबाट आफ्ना सेना फिर्ता लाने निर्णय गरे।

अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णय आएसँगै सो क्षेत्रमा टर्की सेनाले कुर्द विद्रोही लक्षित आक्रमण सुरु गरेको थियो। अमेरिकी सेना फिर्ता गर्ने ट्रम्प निर्णयले कुनै बेला साथ दिएका कुर्द लडाकु टर्कीको निशानामा परेको भन्दै आलोचनासमेत भइरहेका छन्।

टर्कीको सेनाले उत्तरी सिरियामा आक्रमण गर्दा सयौंको ज्यान गइसकेको छ भने लाखौं मानिस विस्थापितसमेत भइसेका छन्। त्यसैगरी सो क्षेत्रबाट परास्त भएका आइएस  लडाकु र उनीहरुका परिवारलाई राखिएको क्षेत्र पनि आक्रमणमा परेको बताइएको छ। टर्कीको आक्रमणका कारण आइएसका पूर्वलडाकु र उनीहरुका परिवार पनि सो क्षेत्र छोडेर भाग्न थालेका छन्। यसले गर्दा आइएसको पुनः उदय हुनसक्ने भन्दै विश्वभरबाट चिन्तासमेत व्यक्त गरिएका छन्।

आक्रमणको सिलसिला बढ्न थालेपछि अमेरिकाको सक्रियतामा युद्धविरामसमेत गरिए पनि दुवै पक्षले युद्धविराम उल्लंघन गरिएको भन्दै एकअर्काप्रति दोषारोपण गरिरहेका छन्।

अमेरिकी अनुरोध र दबाबमा टर्कीले पाँच दिनका लागि कुर्द बहुल सिरियाली भूभागमा अस्थायी युद्धविराम गरेको थियो। पाँच दिनभित्र कुर्द लडाकुले पनि सिरिया–टर्की सीमाक्षेत्र छाड्नु पर्ने सर्त पनि राखिएको थियो।

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले सुरक्षित क्षेत्रबाट कुर्दहरु पछि नहटे जस्तोसुकै कारबाही गर्न टर्की बाध्य हुने चेतावनी पनि दिएका छन्। उत्तरी सिरियामा संघर्षरत कुर्द लडाकु समूहलाई टर्कीले आतंकवादीको संज्ञा दिँदै आएको छ र सो क्षेत्रबाट उनीहरुलाई परास्त गरी सिरियाभित्र सुरक्षित स्थान बनाउन चाहेको छ।

कुर्द लडाकुको आक्रमणका कारण उत्तरी सिरियाको तेल अब्याद सहरनजिकै आफ्ना एक सैनिक मारिएको र अर्का एकजना घाइते भएको आइतबार मात्रै टर्कीले जानकारी गराएको छ।

अर्को एक फरक प्रसंगमा एम्बुलेन्स र पिकअप भ्यानका लस्करमा कुर्दिस् लडाकु बोकिएको समाचार पनि बाहिरिएको छ। विवरणका अनुसार रास अल–ऐन सहरमा आइतबारबाट सबै कुर्दिस लडाकु सकिएको र टर्की समर्थित फौजले सो क्षेत्रमा नियन्त्रण जमाएको छ।

सीमावर्ती सहरबाट टर्कीले मानिसलाई सुरक्षित तरिकाले बाहिरिन नदिएको भन्दै कुर्दिस् लडाकु समूहले शनिबारमात्रै आरोप लगाएको थियो।
यसैबीच, अमेरिकी सभामुख न्यान्सी पेलोसी र अमेरिकी सांसदहरुको एउटा समूह राजा अब्दुल्लाहसँग कुराकानी गर्न जोर्डन पुगेका छन्। वरिष्ठ अमेरिकी राजनीतिज्ञहरुसहित पेलोसीले पनि उत्तरी सिरियाबाट अमेरिकी सेना फिर्ता ल्याउने राष्ट्रपति ट्रम्प निर्णयको कडा शब्दमा निन्दा गर्दै आइरहेका छन्।

‘टर्कीको आक्रमणपछि सिरियामा बढ्दो संकटबारे हाम्र्र्र्र्रो समूहले व्यापक छलफल गरिरहेको छ। हाम्रो समूहको प्रमुख छलफल भनेकै यस आक्रमणले क्षेत्रीय स्थायित्वमा पार्न सक्ने प्रभाव, त्यसले निम्त्याउने शरणार्थी समस्या र आइएस, इरान र रुसलाई खेल्न दिइएको भूमिकाबारे केन्द्रीत छ,’  सभामुख पेलोसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

प्रकाशित: ४ कार्तिक २०७६ ०६:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App