१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

तारिफ बटुल्दै ऋतिक र टाइगर

मुम्बई – बलिउड अभिनेता ऋतिक रोशन र टाइगर श्राफको जोडीलाई दर्शकले मनपराएका छन्। उनीहरु अभिनित ‘वार’ फिल्मले बलिउडको बक्सअफिसमा रेकर्ड तोडेपछि ती जोडीलाई अर्को हेर्न दर्शक आतुर देखिएका छन्।

बक्सअफिसमा करिव तीन सय करोड व्यापार गरेको ‘वार’ फिल्मबारे ट्वीट गर्दै बलिउड समिक्षक तरण आदर्शले ‘कविर सिंह’ फिल्मको रेकर्ड तोडेको उल्लेख गरेका थिए। जसमा तमिल, तेलेगु र हिन्दी संस्करणको व्यापारमात्र समावेश छ। सन् २०१९ को सर्वाधिक कमाई गर्ने फिल्मको सूचीको पहिलो नम्बरमा परेको ‘वार’ फिल्मको अभिनेताद्वय ऋतिक रोशन र टाइगर श्राफको जोडीलाई दर्शकले फेरि हेर्न चाहेको उल्लेख गरे।

बलिउडको बक्सअफिसमा सन् २०१९ मा प्रदर्शनमा भइसकेका फिल्ममध्ये सर्वाधिक कमाई गर्ने फिल्मको सूचीको पहिलो नम्बरमा ‘वार’, दोस्रोमा ‘कविर सिंह’, तेस्रोमा ‘उरी’, चौथौमा ‘भारत’ र पाँचौमा ‘मिसन मंगल’ रहेका छन्।

त्यसबाहेक भारतीय बक्सअफिसमा सर्वाधिक व्यापार गर्ने फिल्महरूमध्ये ‘वार’ उत्कृष्ट १० मा समेत समेटिएको छ। यो सूचीमा ‘बाहुबली २’, ‘दंगल’, ‘सन्जु’, ‘पिके’, ‘टाइगर जिन्दा है’, ‘बजरंगी भाइजान’, ‘सुल्तान’ र ‘धूम ३’ परेका थिए।

प्रकाशित: ४ कार्तिक २०७६ ०२:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App