१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

आन्दोलन सशक्त बनाउने गठबन्धनको निर्णय

फाइल तस्बिर

काठमाडौं–आन्दोलनरत संघीय गठबन्धनले आगामी दिनमा आन्दोलनलाई अझै सशक्त बनाउने  निर्णय गरेको छ।  आन्दोलनको समिक्षा गर भावी रणनीति तय गर्न बिहीबार बसेको गठबन्धन सचिवालयको बैठकले  आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरेको सचिवालय सदस्य एवं राष्ट्रिय मधेस समाजवादी पार्टीका प्रवक्ता केशव झाले जानकारी दिए।

जेठदेखि राजधानी केन्द्रित आन्दोलन गर्दै आएको गठबन्धनले हाल राजधानीको खुला मंचमा रिले अनसन गरिरहेको छ। असार मसान्तसम्म जारी रहने अनसनपछिको आन्दोलन सशक्त बनाउने निर्णय भएको झाले बताए।

बैठकमा  तराई मधेस लोकतान्त्रिक पार्टी  र सद्भावना पार्टीको कम सहभागीता रहेको भन्दै अन्य नेताहरुले विरोध जनाएका थिए। बैठकमा सहभागी तमलोपा उपाध्यक्ष बृषेशचन्द्र लालले आफूहरु महाधिवेशनमा केन्द्रित हुनु परेकाले आन्दोलनमा समय दिन नपाएको बताएका थिए।  एकसातापछि अर्को बैठक बसेर आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने सहमति भएको झाले जानकारी दिए।

 

 

प्रकाशित: १६ असार २०७३ ०६:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App