१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

विस्थापित बस्ती सेनाले पुर्नस्थापना गरायो

सिन्धुली– गत भदौ अन्तिम साता निरन्तर वर्षा भइरहेको थियो। बस्तीमाथि रहेको ठुलो ढुङगालाई पनि निरन्तरको वर्षाले प्रभावित बनायो। अन्य स्थानमा धमाधम पहिरो गइरहँदा बस्तीनै प्रभावित हुने उक्त बस्तीमाथिको ढुङगा केहि मिटर तल सरेको गाउँले सबैले देखे। यो देखेपछि सिन्धुलीको सुनकोसी गाँउपालिका–१ स्थित गणेशस्थानका २१ घरपरिवार घर छोड्न बाध्य भए।

बस्तीमाथिको निकै ठुलो ढुङगा खस्ने जोखिम भएपछि २१ घरपरिवार उक्त क्षेत्रबाट विस्थापित भए। कोहि नजिक नजिकैको छिमेकी गाउँमा आफन्तकहाँ त कोहि सुरक्षित स्थानमा त्रिपाल टागेर बस्न थाले। दिउँसो डराई डराई खेतीपातीको काम गर्न आउने र रातीको समयमा अन्यन्त्रै गई बस्ने त्यहाँका स्थानीयको दैनिकी भयो। तर दसैं नजिकिँदै गर्दा नेपाली सेना उक्त ढुङगालाई व्यवस्थित तगर्न सफल भयो। 

बम विस्फोट गराएर ढुङगालाई चोइटा चोइटा पारेर व्यवस्थापन गरेसँगै स्थानीय सोही आफ्नै घरमा फर्किए। भुकम्प पछाडीनै त्यो ढुङगा झर्ला, झल्र्ला जस्तै थियो, स्थानीय सुकुमाया थिङले भनिन्, भदौ असोजको वर्षाले ढुङगा केहि सरेछ, त्यसपछि यहाँ बस्नु हुदैन भनेर भागेका थियौं। बस्ती विस्थापित भएसँगै केहि हाम्रो घरबास उठेको महसुस भयो। तर नेपाली सेनाले घरमाथिकै ढुङगा ६ दिन लगाएर बम विस्फोट गराई फुटाएपछि सबै स्थानीय आफ्नै घरमा फर्किएका छन्।

दसैंको मुखमा आफ्नो घरमा बस्न नपाइने चिन्तामा बसेका स्थानीयलाई नेपाली सेनाले दसैंको अस्टमीकै दिनबाट पुनस्थापन गरेको थियो। बस्ती माथिको ढुङगा खस्ने देखिएपछि गाउँपालिकाको पहलमा नेपाली सेनाको सिन्धुलीस्थित बर्दबहादुर गणले विस्फोटक पदार्थको सहायतामा ढुङगा फुटाएको थियो। बस्तीबाट करिब तीन सय मिटरमाथि रहेको उक्त जोखिम हटाएपछि स्थानीय खुसी भएका छन्।

दसैंको मुखमा विस्थापित भएको पाइयो, नेपाली सेनास्थित बर्दबहादुर गणका गणपति राजिव थापाले भने, जोखिम अबलोकन गरेसँगै हामीले तत्काल हाम्रा निकायमा जानकारी गराएर नियन्त्रित बिस्फोट गराई हामीले बस्ती जोगाउन सफल भयौ। ११ वटा कन्ट्रोल ब्लाष्टिङ गरि ढुङगा फुटाइएको सेनाले जनाएको छ। ४० केजी विस्फोटक पदार्थको सहायताले उक्त ढुङगा ९० प्रतिशत फुटाएर व्यवस्थापन गरेको स्थानीयले जनाएका छन्।

भूकम्प पछाडिनै हामीलाई यो ढुङगाले बस्तिलाई थिच्ने होकी भन्ने शंका थियो, तर भदौ अन्तिम साताको वर्षाले ढुङगानै सरेछ, त्यसपछि हाम्रो भागाभाग भएको थियो, तर नेपाली सेनाले हामीलाई पुनस्थापन गर्न सहयोग गरेको छ, अहिले ढुक्कले निदाउन सक्ने भएका छौ, स्थानीय दुधराज पुलामीले भने।

नेपाली सेनालाई ढुङगा फुटाएर आफ्नै घरमा दसंै मनाउन पाएकोमा धन्यवाद दिँदै स्थानीयले सेनालाई भगवान सम्झेका छन्। स्थानीय एक ७५ वर्षे वृद्ध आफुहरुको बासै उठेको समयमा सेनाले थाहा पाउने वित्तिकै ढुङगा फुटाउने काम गरेकोमा धन्यवाद दिइन्।

नेपाली सेनाको ९ नम्बर बाहिनीपति गणेशकुमार श्रेष्ठ सेनाले थाहा पाउनेवित्तिकै तत्काल उद्धारको काम गरेको बताउँछन्। हामीसँग सबै सामाग्री थिएन, काठमाडौंबाट मगाएर तत्काल काम गरि विस्थापित बस्तीलाई स्थापित गर्न सफल भयौं, उनले भने। काम गर्ने क्रममा ढुङगा फुटाउँदा बस्तीलाई हानी नहोस् भनेर संयमितता अपनाएर काम भएको उनले बताए।

ढुङगा फुटाएर बस्ती जोगाउने सेनालाई सम्मान
ढुङगाको जोखिमले विस्थापित बस्तीलाई ढुङगा फुटाएर स्थापित गरिदिएको भन्दै सुनकोसी गाउँपालिकाले नेपाली सेनालाई सम्मान गरेको छ। सुनकोसी गाउँपालिकाले एक कार्यक्रम आयोजना गरि सैनिक सम्मान गरेको हो। चाडपर्वको समयमा विस्थापित बस्तीलाई जोगाई स्थापित गरिदिएको भन्दै गाउँपालिकाले नेपाली सेनाको बर्दबहादुर गण, कालिसिद्धी गण र १ नम्बर विपद् व्यवस्थापन गणलाई सम्मान गरेको हो। गाउँपालिका उपाध्यक्ष दिर्बुसिं मोक्तानले सेनाले गरेको कामको खुलेर प्रशंसा गरे। ‘हामीले नसकेपछि माथिल्लो निकाय गुहारेका हौ, सेनाले जानकारी पाउने वित्तिकै काम गरेको छ’ उनले भने, ‘गाउँपालिकाको तर्फबाट नेपाली सेनालाई धन्यावदसमेत दिन्छौ।’ 

प्रकाशित: ३ कार्तिक २०७६ ०९:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App