२० वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

न्युजिल्यान्डको अद्‍भूत जित

ह्यामिल्टन(एएफपी)– दोस्रो टेस्टको अन्तिम सेसनमा नाटकीय रूपमा ९ विकेट लिएपछि न्युजिल्यान्डले पाकिस्तानलाई१ सय ३० रनले पराजित गर्दै दुई टेस्ट शृंखला २–० ले ‘क्लिन स्विप’ गरेको छ।

पाकिस्तानलाई सन् १९८५ पछि पहिलोपटक पराजित गर्दै शृंखला जित्न सफल भएपछि न्युजिल्यान्डका कप्तान केन विलियम्सनले यसलाई सम्झनलायक टेस्टको संज्ञा दिएका छन्।

‘यसमा कुनै दुविधा छैन । पाकिस्तानको जित्ने सम्भावना धेरै थियो । उनीहरूलाईअन्तिम सेसनमा २ सय ४ बलमा २ सय ११ रन आवश्यकथियो । त्यसका लागि उनीहरूले राम्रो सुरुआत गरेका थिए,’ विलियम्सनले भने, ‘तर हामीले त्यही सेसनमा ९ विकेट लिन सफल भयांै, जुन ठूलो उपलब्धि हो ।चिया सत्रअघि र अहिलेको अवस्था तुलना गर्दा हामी खुसी छांै । यो एउटा अद्भूत जित हो ।’

अन्तिम दिन ३ सय ६९ रनको कठिन विजय लक्ष्यसाथ मैदान उत्रिएको पाकिस्तानले चिया सेसनअघि १ विकेट गुमाई १ सय ५८ रन बनाउँदै अन्तिम सेसनमा रन अ बल (एक बलमा एक रन बनाए पुग्ने)को अवस्थामा पुगेको थियो । जसले३१३–५ मा इनिङ समाप्ति घोषणा गरेका विलियम्सनसमेत तनावमा परेका थिए । उनलाईचाँडो इनिङ्स समाप्ति गरेकोमा दुविधा प¥यो।

‘त्यो अवश्य पनि दुविधाको अवस्था थियो । तर इनिङ्स समाप्तिको घोषणा गर्दा प्रतिद्वन्द्वीलाई लक्ष्य पछ्याउन कठिन हुने हामीले बुझेका थियौं,’ उनले भने,‘उनीहरूले लक्ष्य पछ्याउने कोसिस गरेतर हामीले अवसर प्राप्त ग¥यौं ।’

पाकिस्तानी कप्तान अजहर अलीले लक्ष्य पछ्याउँदै बराबरीका लागि खेलेको बताउँदै विकेटकिपर ब्याट्सम्यान सर्फराज अहमद रनआउट भएपछि अवस्था नियन्त्रणमा लिन नसकेको बताए । ४ विकेट गुमाई १ सय ९९ सय रनको अवस्थामा रहे पनि अजहर आउट भएपछि खेल विपक्षीको नियन्त्रणमा पुगेको उनको बुझाइ थियो । १ सय ६१ बल खेल्दै ५८ रन बनाएका अजहर र १ सय ३८ बलमा ९१ रन बनाएका सामीअस्लमले चौथो इनिङमा पहिलो विकेटका लागि १ सय ३१ रनको कीर्तिमानी साझेदारी बनाउँदै जितको आधार खडा गरेका थिए ।

‘हामीले तल्लोक्रमका खेलाडीलाई दबाब सिर्जना नहोस् भन्ने चाहेका थियौं। तर अन्ततःत्यही भयो र हामीले सोचेजस्तो नतिजा ल्याउन सकेनांै,’ उनले भने, ‘नयाँ बल नै हारको कारक बन्यो ।’

टिम साउथीबाटउत्कृष्ट ब्याटिङ गरिरहेका अस्लम९१ रनमा बोल्डभएपछि खेल नाटकीय रूपमा समापनतर्फ धकेलियो।पाकिस्तानले २० ओभरभित्र ४९ रन जोड्दा ८ विकेट गुमाउन पुग्यो । त्यसमा निल वाग्नरले कुनै रन नदिई ६ बलमा अन्तिम ३ विकेट लिए ।

जितसँगै न्युजिल्यान्ड टेस्ट वरीयताको छैटौं स्थानमा उक्लँदा पाकिस्तान भने दोस्रोबाट चौथोमा झरेको छ।

अन्तिम दिन बलरलाई उपयुक्त बनेको पिचमा बाबर आजमको आगमनले पाकिस्तानी आशा जगाएपनि त्यो सफल भएन ।

५८ रन बनाएका अजहर लेग स्पिनर मिचेल सान्टनरविरुद्ध ठूलो सट प्रहार गर्न खोज्दा आउट भए। त्यस्तै सट प्रहार गर्न खोजेका आजमपनि चिया सत्रपछिको चौथो बलमा नै पवेलियन फर्किए।

व्यक्तिगत उच्च स्कोर बनाउँदै लयमा रहेका अस्लमले साउथीको बलमा विलियम्सनलाई मिडअनमा क्याच दिन पुगे । २१ बलमा १९ रन बनाएका सर्फराज अहमद रनआउट हुँदा असद सफिक खाता नै नखोली पवेलियन फर्किए। ३९ औं जन्मदिन मनाइरहेका भेट्रान युनिस खानले साउथीको बलमा एलबिडब्लु आउट हुनुपूर्व ११ रनमात्र जोड्न सके ।

सोहेल खानलाई कोलिन डी ग्रान्डहोमले ८ रनमा आउट गर्दा वाग्नरले मोहम्मद अमिर, वाहब रियाज र इमरान खानलाई खाता खोल्न दिएनन् ।

बलरका लागि राम्रो मानिएको मैदानमा टस जित्दै पहिले फिल्डिङ रोजेको पाकिस्तानले पहिलो ओभरमा विकेट लिँदै राम्रो सुरुआत गरेपनि उक्त प्रदर्शन जोगाइराख्न नसक्दा पराजित हुन पुगेको हो ।

चौथो इनिङमा ३ सय ६९ रनको लक्ष्य भेट्टाएको भए पाकिस्तानका लागि कीर्तिमानी जित हुन्थ्यो । ४७ वर्षअघि न्युजिल्यान्डमा वेस्ट इन्डिजले ५ विकेट क्षतिमा बनाएको ३ सय ४८ रनको कीर्तिमानपाकिस्तानले उछिन्ने थियो।

प्रकाशित: १५ मंसिर २०७३ ०२:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App