१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

मलेशियामा एक नेपालीको मृत्यु

तुलसीपुर– रोजगारीका लागि मलेशिया गएका दाङका एक व्यक्तिको मृत्यु भएको छ।

शान्तिनगर गाउँपालिका–२ बाघमारे निवासी ४२ वर्षीय मोहन केसी (कान्छो) को असोज २९ गते नेपाली समयअनुसार बेलुका ४ः३० बजे मृत्यु भएको हो।

दशैँको टीकाका दिन एक्कासि बेहोस भएपछि उपचारका लागि मलेशियाकै सालम अस्पतालमा लगिएको र उपचारका क्रममा उनको मृत्यु भएको आफन्त सुरेश ओलीले बताए।

केसी डिएचएल सप्लाई चैन कम्पनीमा ‘सेक्युरिटी गार्ड’ मा काम गर्न एक महीनाअघि मात्रै मलेशिया गएका केसीको शव सोमबार नेपाल ल्याउने तयारी भएको उनले जानकारी दिए। रासस

प्रकाशित: ३ कार्तिक २०७६ ०६:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App