१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

‘हिजो आजका कुरा’ ठूलो पर्दामा

काठमाडौं– चर्चित हाँस्य टेलिसिरियल ‘हिजो आजका कुरा’ ठूलो पर्दामा देखिने भएको छ।

नयाँ कथामा आधारित रहेर फिल्म निर्माण हुने निर्माण पक्षले जानकारी दिएको छ। फिल्मलाई साकार पन्तले निर्देशन गर्ने छन्।

साकार ‘हिजो आजका कुरा’ सिरियलका प्रमुख कलाकार तथा निर्देशक सन्तोष पन्तका छोरा हुन्।

काठमाडौंका चार परिवारको पारिवारिक समस्या, वाध्यता, संघर्षलाई कथामा प्रस्तुस्त गरिएको छ। ती परिवारमा रहेको विदेश जाने सपनालाई पनि फिल्ममा समावेश गरिएको छ।

पन्त फिल्म प्रोडक्ससनकोे ब्यानरमा फिल्म निमार्ण हुने छ। कथालाई सन्दीप पन्त र किस्ना पन्तले लेखेका हुन्।

फिल्मलाई रवि सायमीको छायाँकन रहने छ भने संगित हर्कुलस बस्नेतले गर्ने भएका छन्। 

फिल्ममा सिरियलका प्रमुख सन्तोष पन्त र रमा थपलिया प्रमुख पात्रका रूपमा रहनेछन्। त्यस्तै फिल्ममा केकी अधिकारी, ऋचा शर्मा, रिमा विश्वकर्मा, जेविका कार्की, रमेश अधिकारी, सविन शाक्य लगायतको अभिनय रहेको छ।

 सन् १९९५ देखि २०१३ सम्म नेपाली दर्शकले धेरै रुचाएको टेलिसिरियल हो।  

प्रकाशित: ३ कार्तिक २०७६ ०६:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App