१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

निवर्तमान सभामुख महरालाई पुनः अदालत लगियाे

काठमाडाैँ – निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पुनः अदालत लगिएको छ। बलात्कार प्रयासको आरोपमा पक्राउ परेका महरालाई हिरासतमा राखेर अनुसन्धान गर्न यसअघि अदालतले दिएको म्याद सकिएपछि पुनः म्याद थप्न अदालत लगिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता तथा डिएसपी होविन्द्र बोगटीले बताए।

गत असोज १९ मा पक्राउ परेका महरालाई अदालतले १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद यसअघि दिएको थियो । दशैं बिदा सकिएपछि २८ असोजमा अदालत खुलेर उपस्थित गराइएका उनलाई थप ३ दिन हिरासतमा राख्न अनुमति दिइएको थियो । त्यो म्याद १ कात्तिकमा सकिएको थियो। त्यस लगत्तै शनिबार परेकाले उनलाई आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ।

अहिले उनलाई नर्भिक अस्पतालबाट जिल्ला सरकारी वकिलको कार्यालय पुर्‍याइएको छ।  काठमाडौं जिल्ला अदालतले हिरासतमा राखेर अनुसन्धान गर्न दिएको समय सकिए पनि महराको बयान भने अझै सुरु नै भएको छैन । महराले आफनो स्वास्थ्यको कारण देखाउदै आजसम्म बयान दिन मानेका छैनन् । प्रहरीले कुनै पनि मुद्दामा आरोपित व्यक्तिलाई २५ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउछ । उनले बयान नदिए पनि प्रहरीले अनुसन्धान सकेर प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाउन सक्नेछ । सरकारी वकिल कार्यालयले प्रहरीको अनुसन्धान प्रतिवेदनसहित अभियोग पत्र अदालतमा दायर गर्नसक्छ ।

गत १३ गते संसदकै महिला कर्मचारी रोशनी शाहीले बलात्कार गरेको आरोप लगाएपछि महराले १४ नै राजीनामा दिनुपरेको थियो।

 

 

प्रकाशित: ३ कार्तिक २०७६ ०५:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App