१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

पाँच नम्वर प्रदेश टुक्राउने प्रस्ताव प्रति एमालेको असन्तुष्टी

काठमाडौं –प्रमुख प्रतिपक्षी नेकपा एमालेले जनताको भावना र चाहना विपरित सरकारले प्रदेशलाई विभाजन गर्ने गरी संविधान संशोधन दर्ता गरेको आरोप लगाएको छ। मन्त्रिपरिषदको मंगलबारको बैठकले संविधान संशोधन प्रस्ताव पारित गरेको प्रति असन्तुष्टी जनाउँदै एमालेले पाँच नम्बर प्रदेश टुक्राउने सरकारी निर्णयप्रति असन्तुष्टी जनाएको हो।

‘पाँच नम्बर प्रदेश विभाजन गर्ने कुरा जनभावना विपरित छ,’ एमाले महासचिव इश्वर पोखरेलले नागरिकसँग भने, ‘त्यहाँको आवश्यकता र जनताको चाहना होइन विपरित हो । कसको निर्देशनमा पाँच नम्बर प्रदेश विभाजन गर्ने काम भइरहेको छ भन्ने जनताले बुझेका छन्।’

संविधान संशोधनका विषयमा पार्टीको धारणा बाहिर राख्दै आएको जनाउँदै पोखरेलले भने, ‘संशोधन प्रस्ताव संसदमा दर्ता होस् त्यसपछि एमालेले आवश्यक निर्णय लिन्छ।’

प्रकाशित: १४ मंसिर २०७३ १५:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App