उत्तरी सिरिया द्वन्द्वमा टर्कीद्वारा युद्धविराम

आइतबार, ०३ कार्तिक २०७६, ०९ : ३३ नागरिक

स्तानबुल – उत्तरी सिरियामा टर्कीले जारी राखेको आक्रमण रोकेर पाँच दिनका लागि गरेको युद्धविरामको अवस्थाको अनुगमन गरिएको मानवअधिकारवादी संस्थाले जनाएका छन्।

सिरियाको उत्तरपूर्वी क्षेत्रमा गएको अक्टोबर ९ बाट शुरु भएको टर्कीको हवाई र स्थलगत आक्रमण केही दिनका लागि रोकिएको छ। अमेरिकाको आग्रहपछि टर्कीले पाँच दिनका लागि युद्धविराम गरेको जनाएको छ।

त्यस युद्धविरामको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि स्वागत गर्नुभएको छ। उनले यो अस्थायी युद्धविराम भएपछि हालका लागि अमेरिकाले स्वागत गरेको बताएका थिए।

सिरियाली द्वन्द्वको अनुगमन गरिरहेको मानवअधिकारवादी संस्था ‘सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स’ले टर्कीले गरेको सो युद्धविरामको अनुगमन गरिएको जानकारी दिएको छ।

केही दिनअघि टर्कीले गरेको युद्धविरामबाट वार्ताको र त्यस क्षेत्रमा जारी रहेको हिंसाको अन्त्यका लागि अर्को कुनै पनि वातावरण बनोस् भन्ने पक्षमा सो संस्थाले अनुमगन गरिरहेको जानकारी गराएको हो।

टर्कीले सीमावर्ती सिरियाली भू–भागमा भीषण सैन्य कारबाही थालेपछि टर्कीसँग वार्ता गर्न अमेरिकी उपराष्ट्रपति माइक पेन्स बिहीबार टर्की पुग्नुभएका थिए। उनले टर्कीका राष्ट्रपति रिसेप तायिप एर्डाेगानलाई उक्त आक्रमण तत्कालै रोक्न आग्रह गरेका थिए।

सिरियाली कुर्द लडाकूका विरुद्धमा जारी घातक आक्रमणलाई लिएर संयुक्त राष्ट्रसङ्घले पनि गम्भीर चासो व्यक्त गरेको छ। संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले पनि त्यस आक्रमणप्रति चासो व्यक्त गरेको थियो। राष्ट्रसङ्घीय सुरक्षा परिषद्को हालै बसेको बैठकमा सिरियाको उत्तरी क्षेत्रमा जारी आक्रमणबाट भएको क्षतिको छलफल भएको थियो।

टर्कीले सिरियामा गरेको सो आक्रमणबाट करीब तीन लाख मानिस विस्थापित भएका अनुमान गरिएको छ। त्यसैगरी सो आक्रमणमा परी पाँच सयभन्दा बढी सर्वसाधारण मारिएका छन्। मारिएका यी सर्वसाधारण प्रायःकुर्द समुदायका नागरिक नै भएको अधिकारवादीले जानकारी दिएका छन्।

अन्तरराष्ट्रिय समुदायले उत्तरी सिरियामा टर्कीले गरेको यस आक्रमणका कारण मानवीय संकट पनि उत्पन्न हुनेतर्फ सम्बद्ध पक्षको ध्यानाकर्षण गराउँदै आएको छ।

सिरिया वर्षौंदेखि गृहयुद्धमा फसिरहेको छ तर यहाँको युद्धको शान्तिपूर्ण र दिगो समाधानको बाटो भने अझै निस्किएको छैन। सन् २०११ को मार्च महिना सिरियाली राष्ट्रपति बसर अल असदको राजिनामाको माग गर्दै जनआन्दोलन सुरु भएको थियो। यस जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भएको थियो।

सो गृहयुद्धमा अल कायदा र इस्लामिक स्ट्टेस जस्ता आतङ्ककारी समूह हाबी हुँदै गयो। सो समयदेखि हालसम्म जारी यस युद्धमा परी करीब चार लाख व्यक्तिको मृत्यु भइसेकेको छ। लाखौं व्यक्ति घाइते भएका छन्। त्यसगरी लाखौ व्यक्तिले आफ्नु घर छोडी स्वदेश र विदेशमा शरणार्थी जीवन विताउन बाध्य भएका छन्।







यसमा तपाईको मत

अन्य समाचार

एनसेलले ल्यायो ‘अल नेट भ्वाइस प्याक’

एनसेलले ल्यायो ‘अल नेट भ्वाइस प्याक’

एनसेलका प्रिपेड ग्राहकहरुले अब देश भित्र अन्य नेटवर्कमा रहेका आफ्ना साथीभाई र आफन्तजनहरुसँग सुलभ दरमा कुरा गर्न सक्नेछन् । ...

एनसेलद्वारा पहिलो १४ सुपर सेलरलाई पुरस्कार वितरण

एनसेलद्वारा पहिलो १४ सुपर सेलरलाई पुरस्कार वितरण

एनसेल प्राईभेट लिमिटेडले हाल संचालनमा रहेको आफ्नो ‘एनसेल सुपर सेलर’ योजना अन्तर्गत काठमाडौं र ललितपुर जिल्लाका पहिलो १४ पोइन्ट अफ...

१९७४ एडीको "निरन्तरता" (भिडियो)

१९७४ एडीको "निरन्तरता" (भिडियो)

सांगीतिक रक ब्याण्ड १९७४ एडीका पुराना सदस्यहरु रियुनाइटेड भए लगतै सांगीतिक कार्यक्रममा जुटिरहेको छ। ...

यस्तो छ दराज ११.११ सेलको फाइदा

यस्तो छ दराज ११.११ सेलको फाइदा

नेपालको अनलाइन शपिङ साइट दराजले संसारकै सबै भन्दा ठुलो सेल डे ११.११ सेल (एकदिनकोसेल) यहि कार्तिक २५ गते, नोभेम्बर ११...

साओमीको सर्भिस सेन्टर थपिए

साओमीको सर्भिस सेन्टर थपिए

साओमीले नेपालका लागि थप आधिकारिक सर्भिस सेन्टर घोषणा गरेको छ । ...

सामाजिक सुरक्षा कोषसम्बन्धी अभिमुखीकरण

सामाजिक सुरक्षा कोषसम्बन्धी अभिमुखीकरण

नेपाल विज्ञापन संघ (आन) को आयोजना र सामाजिक सुरक्षा कोषको प्राविधिक सहयोगमा ‘सामाजिक सुरक्षा कोषसम्बन्धी अभिमुखीकरण कार्यक्रम’ सम्पन्न भएको छ...

जनता बैंकको सहयोग

जनता बैंकको सहयोग

जनता बैंक नेपालले क्याम्पसलाई सहयोग गरेको छ । ...

एआई अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

एआई अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

ब्रिटिस कलेजले इन्स्टिच्युट अफ इन्जिनियरिङ (आइओई), पुल्चोक क्याम्पस र इन्स्टिच्युट अफ इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियर्सकोे साझेदारीमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अन्तर्राष्ट्रिय...

Ncell Footer Ad