१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

शृंखलामा रोहितको तेस्रो शतक

राँची – ओपनर रोहित शर्माले शृंखलाको तेस्रो शतक पूरा गरेको दिन भारतले शनिबार दक्षिण अफ्रिकाविरुद्धको तेसो टेस्टमा खराब सुरुआतका बावजुद खेल नियन्त्रणमा लिने संकेत गरेको छ।

खराब प्रकाशका कारण निर्धारित समयभन्दा अघि पहिलो दिनको खेल समाप्तिमा भारत २२४–३ मा खेलिरहेको छ। भारतका रोहित शर्मा अविजित १ सय १७ र अजिन्क्या रहाने अविजित ८३ रनमा खेलिरहेका छन्।

टस जितेर ब्याटिङ रोजेको भारतले सुरुआत भने गतिलो गर्न सकेन। भारतले १२ रन जोड्दा ओपनर मायंक अग्रवाललाई पहिलो विकेटका रूपमा गुमाएको थियो। १९ बलमा २ चौकाको मद्दतमा १० रन जोडेका अग्रवाललाई कागिसो रबाडाले डेन एल्गरबाट क्याच गराएका थिए। भारतले थप ४ रन जोड्दा भरपर्दा ब्याट्सम्यान चेतेश्वर पुजारालाई दोस्रो विकेटका रूपमा गुमायो।

९ बल खेलेका पुजारालाई रबाडाले रन खाता नखोल्दै एलबिडब्लुको सिकार बनाएका थिए। त्यस्तै कप्तान विराट कोहलीले समेत उल्लेख्य प्रदर्शन गर्न सकेनन्। १२ रन जोडेका कोहलीलाई एन्रिच नोर्टजेले एलबिडब्लुको सिकार बनाएका थिए।

त्यसपछि ब्याटिङका लागि आएका रहानेसँग रोहितले चौथो विकेटका लागि अविजित १ सय ८५ रनको साझेदारी गर्दै भारतको इनिङ उकासेका थिए। यो चौथो विकेटका लागि कुनै पनि ब्याट्सम्यानले गरेको सर्वाधिक साझेदारी हो। यसअघि विराट कोहली र रहानेको नाममा चौथो विकेटका लागि १ सय ७८ रनको साझेदारी कीर्तिमान थियो।

रोहितले १ सय ६४ बलमा १४ चौका र ४ छक्काको मद्दतमा अविजित १ सय १७ जोड्दा १ सय ३५ बल खेलेका रहानेले ११ चौका र १ छक्काको मद्दतमा अविजित ८३ रन जोडे। रबाडाले रोहितलाई ७ रन जोड्दा एलबिडब्लुको सिकार बनाए पनि रिभ्युमा उनी भाग्यमानी भएका थिए।
तीन खेलको शृंखला भारतले २–० ले आफ्नो पक्षमा पारिसकेको छ। भारतले पहिलो खेल २ सय ३ र दोस्रो खेल भने एक इनिङ र १ सय ३७ रनले जितेको थियो।

‘रोहित र रहानेले उत्कृष्ट साझेदारी गरे। जसका कारण हामी खराब सुरुआतका बावजुद सम्हालिन सफल भयौं,’ भारतका ब्याटिङ प्रशिक्षक विक्रम राठौरले भने।

रोहितले शृंखलाको पहिलो खेलमा दोहोरो शतक पूरा गरेका थिए। रबाडाले रोहितलाई ७ रन जोड्दा एलबिडब्लुको सिकार बनाए पनि रिभ्युमा उनी भाग्यमानी भएका थिए।

प्रकाशित: ३ कार्तिक २०७६ ०२:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App