१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

हाम्रो क्रान्ति जनयुद्ध जस्तो हुँदैन: प्रवक्ता विश्वकर्मा

पवित्रकुमार शाही

कालिकोट-  नेकपा माओवादी चन्द समूहका प्रवक्ता खडकबहादुर विश्वकर्माले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निरंकुशताले फेरी एक पटक एकीकृत क्रान्तिको आवश्यकता रहेको बताएका छन्। मंगलबार जिल्लाको सदरमुकाम मान्ममा नेकपा माओवादी कालिकोटले आयोजना गरेको सभालाई सम्वोधन गर्दै नेता विकले यस्तो बताएका हुन्। उनले भने, 'अबको एकीकृत जन क्रान्ति भनेको हिजोको १० बर्षे शसस्त्र क्रान्ति जस्तो नभई जनताको बीचबाट जनसंघर्ष हुने बताए।  माओवादी केन्द्रका अध्यक्ष दाहालले १२ हजार सहिदहरुको रगतलाई पानीमा बदलेर धोका दिएको उनले आरोप लगाए।

राष्ट्रियताको नाममा नेपालीको स्वाभिमान गुमाउने गरी भारतसंग सम्झौता गरेर संविधान निर्माण र संशोधन गर्नु राष्ट्रघात भएको उनको भनाई थियो।

गृह जिल्ला कालिकोट पुगेका प्रकाण्डले विगतको ससस्त्र युद्धले थला परेको कर्णाली र कालिकोटलाई कसैले पनि मलमपट्टी नलगाएकाले अव युद्ध गरेर हैन क्रान्ति गरेर जनताका समस्या हल गर्ने बताए।

प्रकाशित: १४ मंसिर २०७३ १३:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App