महिला क्रिकेट: नेपाल बंगलादेशसँग पराजित

मङ्गलबार, १४ मङि्सर २०७३, १७ : ०२ नागरिक

काठमाडौँ-थाइल्यान्डमा जारी एसिसी महिला एसिया कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको तेस्रो खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ ।

बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीको खेल मैदानमा भएको खेलमा नेपाल बंगलादेशसँग ९२ रनले पराजित भयो । जारी प्रतियोगितामा नेपालको यो लगातार तेस्रो हार हो । यसअघि भएको पहिलो खेलमा नेपाल पाकिस्तानसँग नौ विकेट पराजित भएको थियो भने दोस्रो खेलमा श्रीलङ्कासँग आठ विकेटको हार बेहोरेको थियो ।

टस जितेर पहिले ब्याटिङ गरेको बङ्गलादेशले नेपालसामु १३४ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफी ब्याटिङमा उत्रेको नेपाल १७ दशमलव ३ ओभरमा अलआउट हुँदै ४१ रनमै समेटिन पुग्यो । बंगलादेशले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १३३ रनको योगफल तयार गरेको थियो ।
नेपाली ओपनर सीता रानामगरले बाहेक अन्य ब्याट्सवुमनले दोहोरो अङ्क जोड्न सकेनन् । सीताले १५ रन जोडिन् । नेपाललाई सस्तैमा समेट्ने क्रममा बंगलादेशकी फहिमा खातुनले सर्वाधिक चार विकेट लिइन् भने नाहिदा अक्तरले दुई विकेट लिइन् ।

बंगलादेशको जितमा सन्जिदा इस्लामले ३५, नागर सुल्तानाले ३९, साइला सर्मिनले १९ तथा कप्तान रुमाना अहमिदले १७ रन जोडे ।

बलिङतर्फ नेपालकी संगीता राईले दुई तथा कप्तान रुविना क्षेत्री र सीता मगरले समान एक-एक विकेट लिए । नेपालले आफ्नो चौथो खेल यही मङ्सिर १६ गते बिहीबार आयोजक थाइल्यान्डसँग खेल्ने छ । रासस





यसमा तपाईको मत

अन्य समाचार

माछापुच्छ्रे बैंकको स्मार्ट बचत खातामा थप बीमा सुबिधा

माछापुच्छ्रे बैंकको स्मार्ट बचत खातामा थप बीमा सुबिधा

माछापुच्छ्र्रे बैंकले स्मार्ट बचत खाता खोल्ने ग्राहकहरुलाई १० लाख सम्मको दुर्घटना बीमाको साथमा १८ जटिल प्रकृतिका रोगहरुको उपचारमा ३ लाख...

साधनाको एकीकृत कारोबार सुरु

साधनाको एकीकृत कारोबार सुरु

साधना लघुवित्त वित्तिय संस्थाले आर्थिक समृद्धि लघुवित्त वित्तीय संस्थालाई प्राप्त गरी साधना लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार प्रारम्भ गरेको...

बजार खुल्दा किन्नेको भिड

बजार खुल्दा किन्नेको भिड

साताको दुई दिन लगातार बढेको नेप्से परिसूचक तेस्रो दिन मंगलबार पनि बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार...

आइसिएफसीको रक्तदान कार्यक्रम

आइसिएफसीको रक्तदान कार्यक्रम

आइसिएफसी फाइनान्स र ब्लुक्रस हस्पिटलको संयुक्त आयोजनामा विविध कार्यक्रम सञ्चालन भएको छ । ...

देवःको एकीकृत कारोबार सुरु

देवःको एकीकृत कारोबार सुरु

देवः विकास बैंकले वेस्टर्न डेभलपमेन्ट बैंक प्राप्त गरी एकीकृत कारोबार प्रारम्भ गरेको छ । ...

पानीमा कोकको सहयोग

पानीमा कोकको सहयोग

स्मार्ट पानी कम्पनीले बोर्टलस नेपालको सहयोगमा वर्षात्मा परेको पानी जम्मा गर्ने प्रणाली र जमिनमुनिको पानी रिचार्ज गर्ने प्रविधि कान्ति बाल...

आइफोनमा मन पर्ने गितलाई रिंगटोन कसरी बनाउने ?

आइफोनमा मन पर्ने गितलाई रिंगटोन कसरी बनाउने ?

आइफोनमा रिंगटोन बनाउनका लागि केही साना तर झन्झटिला कार्यहरू गर्नु पर्ने हुन्छ | यस लेखबाट आइफोनमा आफूलाई मन लागेको गीतलाई...

अशोक लेलैन्डको मेगा मनसुन फ्री चेकअप क्याम्प

अशोक लेलैन्डको मेगा मनसुन फ्री चेकअप क्याम्प

आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्सद्वारा प्रवद्र्धित अशोक लेलैन्डले ‘मेगा मनसुन फ्री चेकअप क्याम्प’ सञ्चालनमा ल्याएको छ । ...

Ncell Footer Ad