१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

राष्ट्रपतिबाट स्वतन्त्रत सेनानी आङ सन सङ्ग्रहालय अवलोकन

मान्मार– राष्ट्रपति विद्यादेवी भण्डारीले यङ्गोनास्थित बोग्योक आङ सन सङ्ग्रहालयको आज अवलोकन गरेकि छिन्।

म्यान्मारका राजनीतिज्ञ तथा क्रान्तिकारी नेता सनको घरमा रहेको सङ्ग्रहालयमा उहाँका शयन कक्ष, भोजन कक्ष, अध्यययन कक्ष तथा अन्य तस्वीरहरु राखिएका छन्।

स्वतन्त्रता सेनानी सन  म्यान्मारका वर्तमान स्टेट काउन्सिलर आङ सान सु चीका पिता हुन्। सङ्ग्रहालमा राष्ट्रपति  र प्रतिनिनिधिमण्डललाई यङ्गोन क्षेत्र सरकार र दलका सामाजिक मामिलामन्त्री नैङ न्गान लिनले स्वागत गरेका थिए। 

यसअघि आज बिहान परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र प्रतिनिधिमण्डलले महाविजय चैत्यको अवलोकन गरेको थियो। सो चैत्यमा तत्कालीन राजा वीरेन्द्रले आफ्नो विसं २०३६ को म्यान्मा भ्रमणका क्रममा प्रदान गरेको सानो बुद्धको मूर्ति पनि राखिएको छ।

सो अवसरमा परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव डा हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारी, नेपालका लागि म्यान्माका राजदूत भीमकृष्ण उदास तथा  मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ पदाधिकारीलगायत प्रतिनिधिमण्डलका सदस्यको सहभागिता थियो। रासस

प्रकाशित: २ कार्तिक २०७६ ०८:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App