१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

‘पुरस्कार एक भ्रम उत्पादन गर्ने कारखाना’

हाम्रो घरमा महाभारत, रामायणसँगै कथा र कविताका केही पुस्तक थिए। स्कुल गएर अक्षर चिनेसँगै मैले यी पुस्तक पढ्न सुरु गरेँ। महाभारत र रामायणका कतिपय कथाले मन छुन थाल्यो, पढाइको रस बस्यो। माथिल्लो कक्षाका दाजुहरूको कोर्समा पढाइने कथा, कविता, उपन्यास र निबन्ध पनि पढ्न थालेँ। दाजुहरूले पढेर छोडेका म्याक्सिम गोर्कीको ‘आमा’, निकोलाई दोस्तोवस्कीको ‘अग्निदीक्षा’, राहुल सांकृत्यायनको ‘भागो नहीं दुनियाँ को बदलो’, याङ मोको ‘सङ अफ युथ’, पनि बाल्यकालमै पढेँ।

अझै पनि ममा महाभारतको छाप परेको पाउँछु। त्यसमा कौरव र पाण्डवबीचको द्वन्द्व र संघर्षसँगै विभिन्न प्रसंगमा सयौं कथा बुनिएका छन्, जो जीवन्त लाग्छन्। व्यावहारिक जीवन, खासगरी आर्थिक तथा राजनीतिक व्यवस्थापन, प्रेम, सद्भाव, तिकडम, खुराफात जस्ता क्रियाकलापको यस्तो व्याख्या त्यो प्राचीन ग्रन्थमा पस्किइएको छ कि अचम्म लाग्छ। फुर्सद मिल्दा आज पनि दोहो-याएर पढ्न मन लागिरहन्छ।

सामान्य परिवारमा जन्मिएर हुर्किएको मलाई कठोर राजनीतिमा प्रवेश गर्न महाभारत नै प्रेरणादायी पुस्तक बन्यो। राजनीति व्यापार होइन, कर्मकाण्ड होइन, फल प्राप्ति लागि मात्र राजनीति गरिन्न, अन्याय र अत्याचारविरुद्ध जुध्नुपर्छ, अन्याय सहनुको अर्थ आफू पनि अन्यायी हुनु हो, न्याय र सत्यको पक्षमा साथ दिनु भनेको समाजको समग्र पक्षमा साथ दिनु हो भन्ने मैले महाभारतबाट बुझेँ।

ठूलो राष्ट्रिय वा अन्तर्राष्ट्रिय पुरस्कार पाएका पुस्तक पनि भेटे र भ्याएसम्म पढ्छु। तर पुरस्कृत सबै पुस्तक उत्कृष्ट हुन्छन् भन्ने लाग्दैन। पुरस्कार एउटा भ्रम उत्पादन गर्ने कारखाना हो भन्ने लाग्छ।

कतिपय आफूले खोजेको पुस्तक थुप्र्रै समयसम्म किन्न वा पढ्न नपाएको नमीठो अनुभव पनि मसँग छ। पुस्तकप्रति मेरो रुचि बढिरहेका बेला पल अ बरानको ‘द लंगर भ्यु’, महात्मागान्धीको जीवनी  ‘फ्रिडम अफ मिडनाइट’, जवाहरलाल नेहरुको ‘द डिसकभरी अफ इन्डिया’, हान सुयानको ‘द मोर्निङ डेलुज’, एडगर स्नोको ‘द ब्याटल फर एसिया’ पुस्तकबारे चर्चा हुन्थ्यो। मैले यी पुस्तकको नाम छोटा कथाहरू भिन्नभिन्न समयमा बौद्धिक ठानिएका नेताका मुखबाट जेलमा बस्दा सुनेको थिएँ। त्यतिबेला यी किताब किन्न सक्ने मेरो अवस्था थिएन। धेरै वर्षपछि ती किताब किनेर पढेँ।

राजनीतिक अर्थशास्त्रको विद्यार्थी भएकाले राजनीतिशास्त्र र अर्थशास्त्रसँग सम्बन्धित पुस्तक, जर्नल र अखबारी लेखन त पढ्नैपर्छ। तर म सबै खालका पुस्तक पढ्छु– भूगोल, इतिहास, उपन्यास, कथा, निबन्ध, जीवनी आदि।

मैले पछिल्लोपटक जोसेफ इ स्टिगलिजको ‘पिपुल, पावर एन्ड प्रेफिटस, प्रोग्रेसिभ क्यापिटालिजम् फर एनएजअफ डिसकन्टेन्ट’ पढेँ। भर्खरै छापिएको यो पुस्तक अर्थशास्त्रका बारेमा छ।

ठूलो राष्ट्रिय वा अन्तर्राष्ट्रिय पुरस्कार पाएका पुस्तक पनि भेटे र भ्याएसम्म पढ्छु। तर पुरस्कृत सबै पुस्तक उत्कृष्ट हुन्छन् भन्ने लाग्दैन। पुरस्कार एउटा भ्रम उत्पादन गर्ने कारखाना हो भन्ने लाग्छ।

क्रान्तिकारी परिवर्तनसँग सम्बन्धित, हिरोइजम्सँग सम्बन्धित, सेक्स स्क्यान्डल, रोमाञ्चकता, धनी हुने कोरा कल्पना, भावुक उपन्यास वा कथा साहित्यले समाजमा छिटै प्रभाव पार्छन्। यद्यपि यी सबै जीवन उपयोगी हुन्छन् भन्ने हुँदैन।

उदारवादी मध्यमार्ग यतिवेला संकटग्रस्त विचारधारा बन्न पुगेको छ। सन् २००८/०९ को मन्दीपछि अधिकांश विकसित पुँजीवादी मुलुकहरूमा उदारवाद अस्ताएर अति दक्षिणपन्थी लोक प्रियतावाद हाबी हुँदै गएको छ। दक्षिणपन्थी लोकप्रियतावादबाटै नवनाजी र नवफासिस्टहरूको उदय भइरहेको छ। तिनको प्रतिकारमा उभिन उदार पुँजीवाद असक्षम जस्तो देखिँदै आएकाले प्रतिवाद गर्नैका लागि पनि बिस्तारै माक्र्सवादको पुनर्जागरण हुन थालेको मैले महसुस गरिरहेको छु। त्यसैले यतिवेला घोर दक्षिणपन्थ अतिवाद र माक्र्सवादसँग सम्बन्धित पुस्तक नै यतिवेला पठनीय बन्न पुगेका छन्।

गीतारुपी इण्डिभिजुयालिजम् छाड्ने हो भने महाभारत उत्कृष्ट रचना हो जस्तो मलाई लाग्छ। दक्षिण एसियामा वेद सबैभन्दा पुरानो हो। वेदान्तपछि उपनिषद, मनुस्मृति, रामायण रचना गरियो। र, अन्य १८ पुराण। वेद अनुभव र अनुभूतिहरूको संग्रह हो। मर्ने डर पलाएपछि वेदान्त गरियो र उपनिषद आविष्कार गरियो। त्यसपछि मात्र ईश्वरको कल्पना गरियो। ईश्वर अमर छ भनिदिन र ईश्वरको व्याख्या गर्न पुरेत र पण्डितहरू खडा गरिए। तिनीहरूमध्ये एकजना वा सहकार्यमा मनुस्मृति आविष्कार गरियो, समाजमा विभाजनको रेखा कोर्न सुरु भयो। दास र मालिकको व्यवसाय सुरु गरियो। छुवाछुत जस्तो जघन्य अपराध कर्म त्यसपछि सुरु भयो।

त्यस्ता कर्मकाण्डका विरुद्ध ठुल्ठूला आन्दोलन, विद्रोहहरू भए। गौतम बुद्धद्वारा प्रतिपादित ‘बुद्धिजम्’ संस्थागत हुन पुग्नुको कारण हो, यो हिन्दू अतिवादविरुद्धको ठूलो लडाइँ थियो। तर, बुद्धिजम्भित्र घुसेका घुसपेठियाहरूले बुद्धलाई ईश्वरको अवतार बनाएर बंग्याए।

हिजोआज दक्षिणपन्थी पपुलिस्टहरूले हिन्दू, मुस्लिम, र क्रिस्चियानिजम्को झन्डा बोकेर संसारलाई अझ बढी कन्जर्भेटिजमतर्फ धकेल्न कोसिस गरिरहेको देखिन्छ। धर्मलाई निषेध गर्न सकिन्न। तर, धर्म निरपक्षता अपनाउन सकिन्छ, जहाँ आ–आफ्नो धर्मलाई मानवीयकरण गर्दै आ–आफ्नो धर्म मान्ने स्वतन्त्रताको ग्यारेन्टी होस् र धर्म नमान्नेलाई पनि नमान्ने अधिकार सुरक्षित होस्।

स्यामुयल हन्टिगटनको, ‘दी क्लास अफ सिभिलाइजेसन’ले काला र गोराबीच, क्रिस्चियन र मुस्लिम समाजबीच विभेद को-यो। आजको दक्षिणपन्थी पपुलिस्टहरूको विस्तारमा त्यो पुस्तकले ठूलो भूमिका खेल्यो।

हन्टिङटनकै चेला फ्रान्सिस फुकायमाले ‘दी इन्ड अफ हिस्ट्री एन्ड दी लास्ट मेन’ले दक्षिणपन्थी इकोनोमिजम्मा आधारित नवउदारवादतर्फ विश्वलाई धकेल्न मद्दत पु-यायो। अमानवीय गरिबी र असमान समाजको खेती फस्टाउन त्यो पुस्तकको भूमिका ठूलै रह्यो।

थोमस पिकेटीको सन् २०१४ मा प्रकाशित पुस्तक ‘दी ट्वान्टी फस्र्ट सेन्चुरी क्यापिटल’ले संसारको अर्थतन्त्रलाई नयाँ शिराबाट बदल्न आवश्यक छ भन्ने तथ्य बोलेको छ। हिजोआज न्यायपूर्ण समाज निर्माणका लागि नयाँ आर्थिकनीति र मोडलबारे खोज अनुसन्धान भई नै रहेका छन्।
शंकरदेव क्याम्पस पुस्तकालय, त्रिविवि कीर्तिपुर अवस्थित केन्द्रिय पुस्तकालय, जेएनयुको एक्जिम लाइब्रेरी, नेपाल एयरलाइन्स बिल्डिङमा अवस्थित नेपाल–भारतमैत्री पुस्तकालय नै प्रमुख हुन्।
आममानिस सुशिक्षित बनाउन हरेक गाउँ, टोलमा पुस्तकालय निर्माण गरिनु आवश्यक छ।
१५) मनपरेका केही पुस्तकको नाम लिनुपर्दा ? ती पुस्तक किन मन प-यो ?

मलाई साहित्य र गैरआख्यान दुवै मनपर्छ। खासगरी समाज विज्ञानका बारे लेखिएका पुस्तक पढ्न रुचि लाग्छ। कार्ल माक्र्सको पुँजीदेखि स्टिगलिजको पछिल्लो पुस्तकले समेत ममा हिरो छाप छोडेका छन्। समय अडिँदैन, वेगवान छ। समयसँगै समाज नचल्दा वा नबदलिँदा पछौटे समाजमा गणना हुन पुग्छ। पुस्तक जसले आममानिसको दिगो र भरपर्दो विकासका लागि तरिका सिकाउँछ, आमा मानिसलाई मिलेर बस्न र सहकार्य गर्न सिकाउँछ, त्यस्ता पुस्तक मनपर्छन्।

समयसँगै समाज नचल्दा वा नबदलिँदा पछौटे समाजमा गणना हुन पुग्छ। पुस्तक जसले आममानिसको दिगो र भरपर्दो विकासका लागि तरिका सिकाउँछ, आमा मानिसलाई मिलेर बस्न र सहकार्य गर्न सिकाउँछ, त्यस्ता पुस्तक मनपर्छन्।

प्रकाशित: २ कार्तिक २०७६ ०४:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App