१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

गंगालाल अस्पतालको सफ्टवेयर ह्याक

फाइल तस्बिर

काठमाडौं - सहिद गंगालाल हृदय रोग केन्द्रअन्तर्गत अस्पतालको सफ्टवेयर ह्याक भएको छ। नेपालबाहिर रहेका ह्याकरको समूहले सफ्टवक गरेका हुन्। केही दिनदेखि अस्पतालको सिस्टम ह्याक भए पनि अस्पताल प्रशासनले भने केन्द्रीय प्रहरी अनुसन्धान ब्युरो (सिआइबी)लाई जानकारी दिएर सूचना गोप्य राखेको छ।

ह्याकर समूहले अस्पताल प्रशासनलाई विभिन्न माध्यमबाट सम्पर्क गरेर केही रकमसमेत मागेका छन्। समूहले बिट क्वाइन रकम मागेका छन्। उनीहरुले बिट क्वाइनमार्फत फिरौती लेनदेन गर्ने, त्यसमार्फत मात्रै पैसा जम्मा हुनसक्ने बताएका छन्। यदि त्यसो नगरे अस्पतालको सबै विवरण बाहिर ल्याउने धम्की दिइरहेको अस्पताल निकट स्रोतले बतायो।

ह्याकहरूले कम्प्युटरको सबै विवरण पुरानै अवस्थामा ल्याउनका लागि १५ लाख आवश्यक भएको बताएका छन्।

ह्याकरले १५ लाख रुपैयाँभन्दा बढी रकम मागेको खुलेको छ। रकम नदिए अस्पतालसँग सम्बन्धित सम्पूर्ण सूचना सार्वजनिक गर्ने ह्याकर समूहको धम्की छ। अस्पताल प्रशासनबाट ह्याकिङसम्बन्धी कुनै पनि जानकारी नआएको प्रहरीले जनाएको छ। ह्याकिङसम्बन्धी घटनामा अनुसन्धान गर्दै आएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) मा कुनै पनि जानकारी नआएको ब्युरोका एसपी बेलबहादुर पाण्डेले बताए।

स्रोतका अनुसार सिआइबीले प्रहरीको साइबर ब्युरोलाई अनुसन्धानका लागि जिम्मेवारी दिएको छ। ‘अस्पतालले सिआइबीलाई जानकारी दिएको थियो। सिआइबीले साइवर ब्युरोलाई अनुसन्धानका लागि पठाएको छ। सायद एक–दुई दिनमा समस्या समाधान हुन्छ,’ स्रोतले भन्यो। प्रहरी स्रोतका अनुसार साइबर ब्युरोमा एसएसपी नविन्द अर्यालको नेतृत्वले अनुसन्धान गरिरहेको छ। ह्याकहरूले कम्प्युटरको सबै विवरण पुरानै अवस्थामा ल्याउनका लागि १५ लाख आवश्यक भएको बताएका छन्।

गंगालाल अस्पतालका निर्देशक युवराज लिम्बुले कम्प्युटर ह्याक भएको स्वीकार गरेका छन्। ‘कम्प्युटरमा सामान्य समस्या आएको हो हाम्रोमा मात्रै होइन अन्त पनि यस्ता समस्या आउँछन्, खास ठूलो विषय होइन, भेटेरै कुरा गरौंला,’ निर्देशक लिम्बुले भने। उनले यो ठूलो विषय नभएको पनि बताए। पछिल्लो पटक नेपालमा साइबर हमला बढिरहेको बेला गंगालाल अस्पतालको कम्प्युटर ह्याक भएको हो। केही समयअघि प्रहरी प्रशिक्षण प्रतिष्ठानका कम्प्युटर पनि ह्याक भएका थिए। प्रहरी प्रधान कार्यालयले प्रतिष्ठानका कम्प्युटर पुरानै अवस्थामा फर्किएको जनाएको छ।

प्रकाशित: २ कार्तिक २०७६ ०१:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App