१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सहयोगी नहुँदा बाटोमै सुत्केरी, प्रहरीद्धारा उद्धार

बोकेर जिल्ला अस्पताल ल्याउँदै प्रहरी ।  तस्बिरः कृष्ण नागरिक

बाजुरा– फुलमाया सुनार सुत्केरी व्यथा लागेको लामो समय घरमै सहेर बसिन्। जब व्यथाले च्पाप्दै गयो र सहन नसक्ने भईन्। त्यसपछि उनी एक्लै जिल्ला अस्पताल तर्फ लागिन्। बडिमालिका नगरपालिका ७ जिल्ली विहे गरेकी सुनारको साथमा कोही थिएनन्। उनी माइती घर रजाली बस्दै आएकी थिईन्।

श्रीमान केटी भगाएर भारत गएका छन्। रजालीबाट आउन डेढ घण्टा समय लाग्छ। तरपनि उनी आउँदै गर्दा बीच बाटोमै सुत्केरी भईन्। प्रसव पीडामा सान्त्वना दिने र सहयोग गर्न कोही थिएनन्। साथमा रहेकी गाउँकी दिदी नाता लाग्नेलाई बच्चा सम्हाल्नेकी आमा गाह्रो भयो।

सुत्केरी व्यथाले फुलमाया एकतिर छट्पटी अवस्थामा र अर्कोतिर शिशुको सुरक्षा। एकान्त बीच बाटोमा निकै दयालाग्दो अवस्था देखिएको महिला विकास मञ्च सुआहारा कार्यक्रमका फिल्ड सुपरभाईजर कुसुश शाहीले बताईन्। शाही रजाली तर्फ जाँदै गर्दा बीचमा भेटाएकी हुन्।

सही नसक्नु पीडादायी अवस्था थियो, त्यही गर्नसक्ने अवस्था नै थिएन्, लगत्तै प्रहरीलाई खबर गर्यौ र उद्दार गरेर जिल्ला अस्पताल प्रहरीले ल्याएको शाहीले थपिन्। साथमा आउने कोही नभएर नै उनी घरमै सुत्केरी हुने मनसायमा थिइन्। तर व्यथा बढ्दै गएपछि सहन नसकेर मात्र फुलमाया अस्पताल आउन बाध्य भएकी हुन्।


सासुससुरा जिल्ली बस्छन् । श्रीमानले अर्की लिएर भारतमा छन् । २२ वर्षकी फुलमायाको यो दोस्रो सन्तान हो। श्रीमानले छोडेपछि पोइली घरमा बस्न उनलाई पीडा भयो। पोइली पक्षले हेलागर्न थाले। बचन सहन नसकेपछि माइती घरमा आईन्। उनी ६ महिनादेखि माइति बस्दै आएकी थिईन्।

फुलमाया एक प्रतिनिधी पात्र मात्र हुन्। जिल्लामा यस्ता धेरै घटनाहरु हुने गरेका छन्। स्वास्थ्य संस्था टाढा हुने, सहयोगी कोही नहुने र घरमै गर्दा पनि हुन्छ भन्ने गलत मान्यताकै कारण धेरैले दुःख मात्र पाएका छैनन्, ज्यानसमेत गुमाउन बाध्य छन्।

समयमै मान्छे नपुगेको र प्रहरीले उद्दार नगरेको भए फुलमायाको समेत ज्यान खान सक्ने खतरा थियो। बच्चा एकातिर थियो, फुलमाया बेहोस अवस्थामा थिईन्, अत्याधिक रगत बगिरहेको थियो, आमा र बच्चाको ज्यानको बारे डर लागेको शाहीको भनाई छ।

प्रहरीले उद्दार गरेर जिल्ला अस्पताल ल्याएको छ। समयमै अस्पताल पुर्याउन सकिएकोले अवस्था सामान्य नै रहेको स्वास्थ्य कर्मीले बताएका छन्। केही ढिला गरि पुर्याएको भए अववस्था जटिल हुन सक्थ्यो, तर त्यो अवस्था आएन्, आमा र बच्चा दुबैको स्वास्थ्य सामान्य रहेको स्वास्थ्य कर्मीको भनाई छ।

प्रहरीले बोकेरै जिल्ला अस्पताल पुर्याएका हुन्। ३ वर्ष पहिले विहे गरेकी फुलमाया श्रीमानसँग कुरा नमिलेकै कारण माइतीमा बस्ने गरेकी हुन्। श्रीमानले दुःख दिने र अरुले पनि हेला गर्ने गरेको उनको दुखेसो छ। उनले श्रीमतीले अर्की केटी लिएर भागेको खबर प्रहरीमा गरेपनि सुनुवाई नभएको माइती पक्षको आरोप छ। तर प्रहरीले भने आवश्यक अनुसन्धान गर्ने बताएको छ।

प्रकाशित: १ कार्तिक २०७६ १६:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App