२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

विमानस्थलभित्र तोडफोड गर्ने सांसद साह साधारण तारेखमा रिहा

जनकपुर– जनकपुर विमानस्थलभित्र बुद्ध एयरको काउन्टरमा तोडफोड गरेको अभियोगमा पक्राउ परेका सांसद प्रमोदकुमार साह साधरण तारेखमा रिहा भएका छन्। 

सर्लाहीबाट निर्वाचित राष्ट्रिय जनता पार्टी नेपालका संघीय सांसद साहलाई शुक्रबार जिल्ला अदालत धनुषाका न्यायाधीश तेजनारायण पौडेलको इजलासले  साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो। 

विमानको उडान ढिलो भएको भन्दै सांसद साहले गत मंगलबार जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड गरेका थिए। तोडफोड गरेर काठमाडौं ओर्लिएका उनलाई प्रहरीले त्रिभुवन विमानस्थलबाट पक्राउ गरेर जनकपुर ल्याई मुद्दा चलाएको थियो।

साधारण तारेखमा रिहा भएलगत्तै सांसद साहले जनकपुरस्थित जानकी मन्दिरको दर्शन गरेका छन्। साथै राजपाले मधेसमा सुरु गरेको आन्दोलन समेत फिर्ता लिएको छ। 

प्रकाशित: १ कार्तिक २०७६ ०९:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App