१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

कृषिबाट वार्षिक डेढ करोड आम्दानी

हेटौडा– मनहरी गाँउपालिका–५ कि अनिता स्याङ्बोले कृषिबाट वार्षिक एक करोड ५० लाख रुपैयाँ आम्दानी गर्ने बताएकी छिन्।

एक करोड रुपैयाँको लगानीमा शुरु गरिएको कृषि फारमबाट उनले वार्षिक दुई करोड रुपैयाँसम्म आम्दानी गर्ने लक्ष्य राखेकि छिन्।

उनले एक वर्ष अगाडि ‘अनु एकीकृत कृषि फार्म’ दर्ता गरेर लोकल जातका कुखुरा, माछा, बङ्गुर र खसीबोका पालेकि छिन्। उनको फार्मले आम्दानी दिन शुरु गरिसकेको छ।

फार्ममा हाल करीब दुई हजार पाँच सय लोकल कुखुरा, ३० वटा जती ब्याउने अबस्थामा रहेको पोथी बङ्गुर, माछा र खसीबोका छन्। 

उनले पालेको २८ पोथी बंगरले जन्माएका करिब एक हजार पाँच सय बंगुरका बच्चा बिक्रीबाट करिब ९० लाख रुपैयाँ आम्दानी भएको उनले बताईन्।

एउटा पोथी बंगुरले एक बर्षमा करिब ५० बच्चा जन्माउने र एउटा बच्चा आठ हजारसम्म बिक्री भइरहेको उनले जानकारी दिइन।  उनको फार्ममा एक व्यवस्थापकसहित तीन कर्मचारी छन्।

व्यवस्थापनका लागि समय मिलेसम्म आफैँ खटिने गरेको र कर्मचारीबाहेक समय समयमा अन्य व्यक्तिबाट पनि काम लिने गरेको उनको भनाइ छ। रासस

प्रकाशित: १ कार्तिक २०७६ ०९:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App