१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

प्रिमियर लिग क्रिकेट हुने

डोटी– दिपायलमा यही कात्तिक ४ गतेदेखि टी–ट्वान्टी प्रिमियर लिग क्रिकेट प्रतियोगिता हुने भएको छ।

आयोजक संस्था नयाँ समाज नेपालले शुक्रबार आयोजना गरिएको पत्रकार सम्मेलनमा सो जानकारी दिएको हो। लिगको कूल पुरस्कार राशि दुई लाख ११ हजार १११ रुपैयाँ रहने आयोजक संस्थाका अध्यक्ष रोशन कठायतले जानकारी दिए। 

उनले यस वर्ष सञ्चालन गरिन लागेको प्रतियोगिता विगतकै निरन्तरता रहेको बताए। प्रतियोगितामा सुदूरपश्चिम प्रदेशभरिका टोली सहभागी हुनसक्ने आयोजकले जानकारी दिएको छ।

प्रतियोगितामा १२ टोली सहभागी हुनसक्ने अपेक्षा गरिएको छ। प्रतियोगिता दिपायलको राजपुरस्थित खप्तड मैदानमा हुने भएको छ। शुरुआती खेलहरु लिगमा हुने र क्वार्टर फाइनपछि नकआउट चरणमा खेल हुने आयोजकले जनाएको छ। रासस

प्रकाशित: १ कार्तिक २०७६ ०८:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App