१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

३ लाख ४५ हजार नगद सहित १४ जुवाडे पक्राउ

कपिलवस्तु - कपिलवस्तु नगरपालिका– २ बर्गदवा स्थित जुवाको खालमा प्रहरीले छापा हानेको छ। बिहीवार राति २ बजे वडा कार्यालयका प्रहरी सहायक निरीक्षक रमेश गुरुङको नेतृत्वमा गएको टोलीले अशोक कहारको घरमा खेलाईएको जुवाका खालमा छापा हानेको हो।

जुवाको खालबाट ३ लाख ४५  हजार नगद वरामद गरिएको छ। प्रहरीले १४ जनालाई पक्राउ गरेको डिएसपी सुनिल मल्ले जानकारी दिए। पक्राउ परेकोहरुलाई रातभर वडा कार्यालयमा राखिएको थियो। बिहान १० बजेतिर उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा लगिएको थियो।

पक्राउ परेकाहरुमाथी आवश्यक कारबाही प्रकृया अघि बढाईएको मल्लले बताए।

 

प्रकाशित: १ कार्तिक २०७६ ०७:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App