मुम्बई – बलिउड अभिनेता सैफ अली खानले अभिनेत्री छोरी सारा अली खानलाई राम्रो अभिनय ध्यान दिन सुझाव दिएका छन्। भारतीय सञ्चार माध्यमसँग कुराकानी गर्दै उनले अभिनेत्री छोरी सारालाई स्टार बन्ने रहरको पछि नलाग्न प्रेरित गरेको बताए।
‘कलाकारको लागि दमदार अभिनयको महत्व हुने भएकाले नामको पछाडि नलागेर बारम्बार छोरीलाई सल्लाह दिइरहेको हुन्छु। उनले अभिनय सुधार्न जोड दिनु आवश्यक छ,’ उनले भने, ‘चर्चाका कारण मैले स्वतन्त्र भएर घुम्न पाएको छैन्। अभिनेत्री सैफ अली खान र अमृता सिंहकी छोरी अभिनेत्री सारा अली खान गत वर्ष रिलिज भएको ‘केदारनाथ’ बाट बलिउड फिल्ममा डेब्यु गरेकी थिइन्। बलिउडमा आक्रान्त ‘नेपोटिज्म’ का कारण अभिनेता खानसहित शर्मिला टैगोर, सोहा अली खान र करिना कपुरपछिको पुस्ताको रुपमा उनीलाई लिइएको छ।
न्युयोर्कको कोलम्बिया विश्वविद्यालयमा इतिहास र राजनीतिशास्त्र पढिरहेकी बलिउड डेब्यु गरेकी उनलाई मिडियाले पछ्याउन थालेपछि अभिनेता खान गम्भिर भएका छन्। ‘म अहिलेसम्मपनि अभिनय सिकिरहेको छु। नामले चर्चा पाएपछि कलाकारले अभिनय सुधार्न खासै जोड दिदैंनन्। साराले अहिले अभिनयलाई करियरको रुपमा लिनुपर्छ,’ उनले भने।
‘लाल कप्तान’ फिल्मको प्रमोसनमा जुटेका अभिनेता खानले छोरी सारा र अभिनेता कार्तिकसँगको सम्बन्धको बारेमा समेत बोलेका थिए। ‘छोरीको व्यतिmत्व राम्रो भएकाले पक्कैपनि अभिनेता कार्तिक राम्रो केटा हुनुपर्छ। छोरीलाई सही र गलतको निर्णय गर्ने स्वतन्त्रता छ,’ उनले भने।
प्रकाशित: १ कार्तिक २०७६ ०२:२५ शुक्रबार