१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

सत्तामा टाँसिएर बस्दैनौ : डा. भट्टराई

गोरखा- समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराईले सत्तामा टाँसिएर नबस्ने चेतावनी दिएका छन्। समाजवादी पार्टी नेकपा सरकारको सत्ताको साझेदार नभएको बताउँदै उनले भने ‘संविधान संसोधनका लागि दुई तिहाई पुर्‍याउन साथ दिएका हौं, संविधान संशोधनमा सरकारले चासो दिएन, अब छिट्टै सत्ताबाट छुट्टिन्छौं,’ गृहजिल्ला गोरखामा बिहिवार पत्रकार भेटघाटमा उनले  सरकारबाट बाहिर निस्किएर जनमत तयार गर्नमा लाग्ने बताए।

पार्टी एकीकरणका लागि राजपा लगायत अन्य साना दलसँग छलफल भईरहेको भट्टराईले बताए। पछिल्लो समय सांसदहरु अपराधिक काण्डमा पक्राउ परेको घटनाप्रति लक्षित गर्दै उनले भने ‘जनताका प्रतिनीधी अपराधमा मुछिनु दुखद हो, तर लोकतन्त्रकै कारण अव अपराध लुक्न, लुकाउन भने कसैले सक्दैन।’अपराध गर्ने जो कोही भएपनि राजनीतिक संरक्षण गर्न नहुनेमा उनको जोड थियो।

आउँदो मंसिरसम्म नयाँ निर्वाचनबाट सभामुख चुन्नुपर्ने बताउँदै उनले एउटै पार्टीबाट सभामुख र उपसभामुख हुन नहुने बताए। ‘नियम र पद्धतीले दुई मध्ये एक पार्टी र लिङ्ग पनि फरक हुनुपर्छ’ उनले भने। पत्रकार भेटघाट अघि समाजवादी पार्टी गोरखाले आयोजना गरेको चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उनले बुढीगण्डकी  आयोजनाका बारेमा चिनियाँ राष्ट्रपति आउँदा प्रधानमन्त्रीले कुनै चासो नदिएको प्रति दुःख ब्यक्त गरे। ‘अहिले बुढीगण्डकी नबनाउने खेल भईरहेको छ’ गोरखा २ का सांसद समेत रहेको भट्टराईले भने ‘कमिसनको खेलका कारण बुढीगण्डकी कसलाई कसरी दिने भन्ने तानातान छ।’ संघीय सरकारले प्रदेश र स्थानीय सरकारको अधिकार कटौती गर्न नहुने बताउँदै जति तल तहसम्म अधिकार दिन सक्यो उती छिटो विकास हुने धारणा राखे।

विकास निर्माणका काममा सबै दल एकजुट हुनुपर्नेमा जोड दिँदै भट्टराईले भने ‘आफ्नो पार्टीले जे गरेपनि ठिक, अरुले राम्रो गरेपनि बेठिक भन्ने प्रवृत्ती हटाउनुपर्छ।’ विकास निर्माणमा गोरखा पछाडि परेको प्रति चिन्ता जनाउँदै उनले अहिले कुनैपनि ठूला योजना अघि नबढेको भन्दै दुःख ब्यक्त गरे। दसैं, तिहार, छठ, ईद लगायत पर्वको अवसरमा समाजवादी पार्टी गोरखाले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा विभिन्न राजनीति दलका नेता, जनप्रतिनीधि लगायतको उपस्थित थियो।

प्रकाशित: ३० आश्विन २०७६ ०६:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App