१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

चीनको विकासबाट सिकौं

दुर्गानाथ शर्मा

लामो समयको अन्तरालपछि हाम्रा उत्तरी छिमेकी मुलुक चीनका राष्ट्रप्रमुखले हालै नेपालभ्रमण गरेका छन्। उक्त ऐतिहासिक भ्रमणले दुई देशबीचको मित्रता र सद्भावना वृद्धि गरेको छ। चीनका तत्कालीन राष्ट्रपति जियान जेमिनलेनेपाल भ्रमण गरेको २३ वर्षपछि वर्तमान राष्ट्रपति सी चिनफिङले हाम्रो देशको राजकीय भ्रमण (दुई दिन) गरेका हुन्। यो २३ वर्षभित्र नेपाल र चीनमा धेरै परिवर्तन भइसकेका छन्। चीन अहिले अमेरिकापछि विश्वकै दोस्रो विकसित मुलुक बनेको छ। नेपाल भने विकासको बाटोमा बिस्तारै पाइला सार्दै छ।

राष्ट्रपति सीले नेपाल आउनुअघि भारत भ्रमण गरे। दोस्रोपटक चुनाव जितेरभारतीय सत्ताको नेतृत्वमा पुगेका नरेन्द्र मोदी एक सबल र दरिला प्रधानमन्त्री भएका छन्। यसपटक चिनियाँ राष्ट्रपतिलाई विगतमा जस्तो राजधानी दिल्लीमै स्वागत नगरेर दक्षिणचेन्नाई राज्यकोमहाबलीपुरमऐतिहासिक सहरमा स्वागत गरेर मोदीले स्वागतको नयाँ शैली प्रस्तुत गरे।
यसो गर्नुको अर्थ चीन र भारतको ऐतिहासिक सम्बन्धसंसारलाई देखाउन पनि हुनसक्छ।२ हजारवर्षअघि चीनर महाबलीपुरमबीच व्यापारिक सम्बन्ध थियो। अहिले पनि महाबलीपुरममा चिनिया मुद्रा पाइन्छन् भन्ने छ। मोदीको यो नयाँ स्वागत शैलीले चिनियाँ अतिथिलाई पनि निकै प्रभावपारेको देखिन्थ्यो। भारतीय प्रधानमन्त्री मोदी दक्षिण भारतकै पोसाकमा थिए भने चिनियाँ राष्ट्रपति सी पनि पेन्ट र कमिजमा टाई बेगरै थिए। गर्मीका कारणपनि हुनसक्छ अथवा दुई असल मित्र राष्ट्रबीच सुमधुर सम्बन्ध देखाउन पनि यस्तो अनौपचारिक पोसाक प्रयोग गरिएको हुनसक्छ। यसबाट पनि मोदी र सीबीच न्यानो मित्रता रहेको झल्किन्थ्यो।

चीनले गरेको विकासबाट सिकेर हामीले काम गरेनौं, केवल त्यहाँको राजनीतिक सिद्धान्त पैठारी ग-यौं भने हाम्रो भविष्य छैन।

उनीहरूबीच दुईपक्षीय र क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मामलामा कुरा भएपनि भारत र पाकिस्तानबीचको वर्तमान कटुतापूर्ण सम्बन्धबारे भने केही कुराकानी भएन। हालैभारतले आफ्नो संविधानको धारा ३७०मा रहेको विशेष व्यवस्था खारेज गरेर कश्मीरलाई आफ्नै मातहत ल्याएकाबारे दुवैले खासै केही भनेनन्। भारतीय सञ्चारमाध्यमले भने पाकिस्तानलाई भित्तामा पुग्ने गरी गाली गरेको देखिन्थ्यो। चीनले सायद यो विषय भारतको आन्तरिक समस्या ठानेर उठाएन। यसअघि पाकिस्तानीप्रधानमन्त्री इमरान खान पनि चीन गएका थिए। उनीहरूको यो भ्रमणलाई  विश्वले नै चाख मानेर हेरिरहेको थियो।

व्यक्तित्व र कुरागर्ने कलाले जहाँ गए पनि आफ्नो प्रभाव छाड्न खप्पिस भारतका प्रधानमन्त्री मोदीले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पनि दुवै मुठ्ठीमाथि उठाएर आफ्नो भित्री सन्देश दिइसकेका छन्। केही समयअघि अमेरिकामा भेट हुँदा पनि यी दुईबीचको मित्रताको झलक पाइन्थ्यो। विश्वका दुई ठूला र शक्तिशाली राष्ट्र अमेरिका र चीनबीचको सम्बन्ध राम्रो भयो भने विश्वमा शान्ति स्थापनामा मद्दतै पुग्छ।

भारतमा मोदीले गरेजस्तो हाम्रो सरकारले पनि चिनियाँ राष्ट्रपति सीलाई काठमाडौंको साटो लुम्बिनीमा लगेर स्वागत गरेको भए चिनियाँ पर्यटक भित्र्याउन सहयोगपुग्थ्यो होला। पूर्व चिनियाँ राजदूत ली तपिआओले एकपल्ट भनेका थिए– ‘एक प्रतिशत मात्र नेपाल गए भने पनि २५लाख बढी त चिनियाँ धार्मिक पर्यटक मात्र लुम्बिनी पुग्नेछन्।’अब हामीले आफ्नै शैली, सोच–विचार परिवर्तन गरेनौंपछि पर्न सक्छौं।

नेपाली नागरिकलाई चिनियाँ राष्ट्रपतिको भ्रमणले केरुङको रेल काठमाडौं आउने निश्चित हुन्छ भन्ने लागेको थियो। तर चीनका राष्ट्रपति सीले पनि नेपाली जनता र नेताका भावनाअनुरूप रेलका कुरा गरे। साथै प्राविधिक रूपमा रेल कसरी ल्याउनुपर्छ भन्नेतिर हामी लाग्नुपर्छ भन्ने व्यावहारिक कुरा पनि गरे उनले। सन् २०१६देखि अहिले २०१९ सम्म रेलका विषयमा धेरै छलफल भइसकेको र अब त्यसैका आधारमा सम्भाव्यता अध्ययनको चरणमा प्रवेश भइसकेको राष्ट्रपति सीले बताएकाले रेल हाम्रै पालामा नआएपनि छोरा–नातिका पालासम्मआउने सम्भावना बढेको छ।

केही समयअगाडि चिनियाँ पक्षले पहाड र हिमाल कोरेर रेल ल्याउने कुरा प्राविधिक र खर्चका हिसाबले त्यतिसजिलो छैन, पैसा र समय धेरै लाग्ने भनेको कुरा सञ्चारमाध्यमममा आएका थिए। राष्ट्रपति सीको भ्रमणको अन्तमा प्रकाशित संयुक्त विज्ञप्तिमा केरुङ–काठमाडौं रेल सेवा पोखरा हुँदै लुम्बिनी पु¥याउन सैद्धान्तिक प्रतिबद्धता जनाइएको छ। यसले पनि रेल ल्याउन चीन प्रतिबद्ध छ भन्ने नै देखाउँछ। रेलमार्गबाहेक सडकलाई पनि प्राथमिकता दिने र त्यो काम चरणबद्ध रूपमा हुने र पहिलो चरणमा अरनिको राजमार्गको स्तरोन्नति र केरुङतर्फ टनेलनिर्माणगरिने चिनियाँ राष्ट्रपतिले उल्लेख गरेका छन्।

नेपालले ठूलठूला आयोजना आफ्नै खर्चमा सम्पन्न गर्न सक्दैन वा चीनले अथवा अन्य कुनै अन्तर्राष्ट्रिय दातृ संस्थाको सहयोग आवश्यक हुन्छ। यता धेरै वर्षदेखि नेपाल, भारत र चीनबीच त्रिपक्षीय समझदारीको चर्चा पनि हुने गरेका छन्। सुरुमा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले पनि यस विषयमा बोलेका थिए। चिनियाँ नेताले पनि यसप्रति सकारात्मक सोच राखेको कुरा सञ्चारमाध्यममा नआएका होइनन्। अहिले भारत र चीनबीच सम्बन्ध अति राम्रो भएकाले समयको परिवर्तनसँगै तीनै राष्ट्रबीच समन्वय हुन सके यो(त्रिपक्षीय समझदारी) असम्भव पनि छैन। यसमा नेपालले सक्रियता देखाउन सक्नुपर्छ।

हामी आफूसित भएका मूल्यवान् वस्तुको महत्व बुझ्दैनौं र सुनको डल्लोमाथि उभिएर हात पसार्छाैंं। हाम्रै देशमा यति धेरै औषधिका स्रोत छन्, ती सबै विदेश छिरिसके।

चीन–नेपालबीचसदियौं पुरानो र आत्मीय सम्बन्ध छ। दुई देशको सम्बन्ध पञ्चशील सिद्धान्तमा आधारित छ। भारतको पनि अवस्था त्यस्तै छ भने त्रिपक्षीय रूपमा फाइदा हुने मुद्दा उठाएर अघि बढाउन सक्ने हो भने यस क्षेत्रको विकासका लागि र यी देशका जनताको समृद्धिका लागि विभिन्न काम गर्न सकिने सम्भावनाछन्।

चीननेपालको असल छिमेकी हो, धेरै पहिलेदेखिको। बरु भारतसँग बेलाबेलाखटपट भइरहन्छ, तर चीनसँग हाम्रो सम्बन्ध स्थिर छ। यो समय सदुपयोगगर्न सकेयस क्षेत्रको विकास सम्भव छ। भारत र पाकिस्तानको सम्बन्धतत्काल सुधारहुने लक्षणदेखिँदैन। बरु कश्मीरका विषयमा उनीहरूबीच अझ कटुता बढ्दै जाने देखिन्छ। त्यसैले अबसार्कको खासै अर्थ छैन।कि पाकिस्तानलाई हटाएर सार्क चलाउने आँट गर्नुपर्छ कि त्यसलाई विघटन गरेर भारत, नेपाल, चीन र अरूत्यस्तै हाम्रै क्षेत्रका राष्ट्रलाई मिलाएर अर्काे नयाँ संगठन स्थापना गरेर अगाडि बढ्न सक्नुपर्छ।

हाम्रो सरकारले चीनजस्ता ठूला राष्ट्रसँग हात पसार्नुभन्दा आफ्नो देशमा भएका विकासका सम्भावनाका ढोका खोल्दै जानु उपयुक्त हुन्छ। चीनसँगको हाम्रो व्यापार घाटा कम गर्न नेपालमा चीनलाई आवश्यक पर्ने वस्तुको खेती गर्ने र उत्पादन बढाउनेतर्फ ध्यान दिनुपर्छ। चीनमा जस्तै हाम्रो देशमा पनि औषधियुक्तवनस्पतिउत्पादन बढाउनेअथवा भारतको पतञ्जलीजस्तो संस्था बनाएर हामीसँग रहेकाअथाह जडीबुटी प्रयोगमा ल्याउने हो भने हाम्रो बाह्यदेशसितको निर्भरता कम हुँदै जान्छ।

तर हामी कामभन्दा कुरा बढी गर्छाैं। हाम्रो सिंहदरबार वैद्य खानाले उत्पादन गरेका केही औषधिको ठूलो माग छ, तर बजारमा पाइँदैन।हाम्रा व्यापारिक तथा औद्योगिक कम्पनीबन्द हुँदै जान्छन् र तिनलाई विदेशी कम्पनीले विस्थापित गर्छन्। अनि कहाँ हुन्छ ! हामी आफूसितभएका मूल्यवान् वस्तुको महत्व बुझ्दैनौं र सुनको डल्लोमाथि उभिएर हात पसार्छाैंं। हाम्रै देशमायति धेरै औषधिका स्रोत छन्, ती सबै विदेश छिरिसके अनिहामी हाम्रै जडीबुटीबाट बनेका महँगो औषधि किनेर कहिलेसम्म खाने ? कहिले आउला त्यस्तो सरकार, जसले यो कुरा गम्भीर भएर सोचोस् र काम गरोस् ?
अब त हाम्रा उत्तरीभेगका यार्चागुम्बा पनि बिक्न छाडेका समाचार आउँछन्।चीनले गरेको विकासबाटसिकेर हामीले काम गरेनौं, केवल त्यहाँको राजनीतिक सिद्धान्त पैठारी ग-यौं भने हाम्रो भविष्य छैन।

अब नेपालले भारतर चीनसित नयाँ कूटनीतिक पाइला चाल्नेबारे सोचेर त्रिपक्षीय रूपमा विकास, उद्योग तथा बजार वृद्धिगर्नसके नेपाल र नेपालीको उन्नति नजिकै छ। नत्र भाषणले मात्रसमृद्धि आउँदैन।

प्रकाशित: ३० आश्विन २०७६ ०४:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App