बिबिसी सय महिलाको सूचीमा नेपालकी बोनिता शर्मा

बिहिबार, ३० असोज २०७६, ०७ : ४८ नागरिक

लन्डन (बिबिसी) – बिबिसीले सन् २०१९ का लागि विश्वभरबाट अति प्रभावशाली र प्रेरणादायी सयजना महिलाको सूची सार्वजनिक गरेको छ।

बिबिसीले प्रत्येक वर्ष विश्वभरिबाट आआफ्नो क्षेत्रमा सफल भएर परिवर्तनका लागि काम गरेका सयजना महिलाको सूची सार्वजनिक गर्ने गरेको छ।

बुधबार सार्वजनिक गरिएको सय प्रेरणादायी एवं प्रभावशाली महिलाको सूचीमा नेपालकी बोनिता शर्मा पनि परेकी छन्।

‘यदि महिलाले नेतृत्व लिने हो भने भविष्य कस्तो हुनेछ ?’ भनेर यो वर्ष बिबिसीले ती महिलालाई प्रश्न सोधेको थियो।

बिबिसीले सार्वजनिक गरेको यस वर्षको अति प्रभावशाली र प्रेरणादायी महिलाको सूचीमा जलवायु परिवर्तनसम्बन्धी अभियन्ता ग्रेटा थन्बर्गसहित पुरुष जेलमा राखिएकी २१ व्र्षकी ट्रान्स वुमन निसा अयुबसम्म परेका छन्। बिबिसीको सूचीमा परेकामध्ये अधिकांश महिलाले विश्वभर महिलाको पक्षमा काम गरिरहेका छन्। उनीहरुले सन् २०३० मा मानिसको जीवन कस्तो होला भनेर उनीहरुको दृष्टिकोण बिबिसीलाई दिनेछन्। त्यसैगरी केहीले माफियाका विरोध गरेका कारण सूचीमा अटाएका छन् भने महिलाको निन्दा गर्नेविरुद्ध संघर्ष गरिरहेका फुटबलर पनि रहेका छन्।

शर्माले कुपोषणबाट बालबालिकालाई बचाउन ‘पोषणमाला’ निर्माण गरेकी छन्। हातमा लगाउने सो मालाले आमाहरुलाई आफ्ना बच्चालाई कति बेला के खुवाउने भन्ने जानकारी दिने गर्छ।

नेपालबाट भने बोनिता शर्मा यस वर्षको बिबिसी सय महिलाको सूचीमा पर्न सफल भएकी छन्। गृहिणी बन्नु पर्ने दबाबलाई चिर्दै आफ्नी आमाले उच्च शिक्षा हासिल गर्न पर्छ भनेर दिएको ढाडसबाट प्रभावित बोनिताले नेपालमा रहेका महिलाको सशक्तिकरण तथा किशोरीको शिक्षाका लागि सहयोग गर्ने गरेकी छन्।

शर्माले कुपोषणबाट बालबालिकालाई बचाउन ‘पोषणमाला’ निर्माण गरेकी छन्। हातमा लगाउने सो मालाले आमाहरुलाई आफ्ना बच्चालाई कति बेला के खुवाउने भन्ने जानकारी दिने गर्छ।

शर्माले अन्य तीनजना साथीसँग मिलेर ‘द सोसल चेन्जमेकर एन्ड इनोभेटर (सोचाइ) नामक संस्था सञ्चालन गरिहेकी छन्। उनको परियोजनालाई युनेस्को मलाला कोषले आर्थिक सहयोग उपलब्ध गराइरहेको छ।






यसमा तपाईको मत

अन्य समाचार

हामा आईरन एण्ड स्टीलतर्फबाट निर्मल पूर्जालाइ बधाई तथा शुभकामना व्यक्त

हामा आईरन एण्ड स्टीलतर्फबाट निर्मल पूर्जालाइ बधाई तथा शुभकामना व्यक्त

निर्मल पूर्जा, ‘निम्स दाई’ ले यस भन्दा अगाडी पनि पर्वतारोहणका सम्बन्धमा अनेक विश्व किर्तिमान पनि आफ्नो नाममा लेखाएका छन् ।

'काश्मिरका स्वादहरू' फूड फेस्टिवल (भिडियो)

'काश्मिरका स्वादहरू' फूड फेस्टिवल (भिडियो)

'काश्मिरका स्वादहरू' फूड फेस्टिवल १२ देखि २४ नोभेम्बरसम्म अल्फ्ट काठमाण्डु ठमेलमा चलिरहेको छ। ...

सिटी एक्सप्रेसद्वारा मानव सेवा आश्रमलाई १२०० थान ज्याकेट हस्तान्तरण

सिटी एक्सप्रेसद्वारा मानव सेवा आश्रमलाई १२०० थान ज्याकेट हस्तान्तरण

सिटी एक्सप्रेस ग्रुपद्धारा सामाजिक उत्तरदायित्व अन्तर्गत मानव सेवा आश्रमलाई १२०० थान ज्याकेट हस्तान्तरण गरिएको छ। ...

नेपाल टेलिकमको बल्क एसएमएस सेवा

नेपाल टेलिकमको बल्क एसएमएस सेवा

नेपाल टेलिकमले एकैपटकमा धेरैजनालाई एकै प्रकारको सन्देश पठाउन मिल्ने बल्क एसएमएस सेवा उपलब्ध गराएको छ । ...

सेवा सुविधामा छुटसम्बन्धी सम्झौता

सेवा सुविधामा छुटसम्बन्धी सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी तीनकुनेबीच सेवा सुविधामा छुटसम्बन्धी सम्झौता भएको छ । ...

सेलपेको दोस्रो चरणको स्टल एक्टिभेसन सुरु

सेलपेको दोस्रो चरणको स्टल एक्टिभेसन सुरु

नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी सेवा प्रदायक कम्पनी सेलपे सेवाले दोस्रो चरणको स्टल एक्टिभेसन सरु गरेको छ । ...

कुसोममा एनआइबिएल

कुसोममा एनआइबिएल

नेपाल इन्भेस्टमेन्ट बैंकले ललितपुरको बालकुमारीस्थित काठमाडौं स्कुल अफ म्यानेजमेन्टमा विस्तारित काउन्टर खोलेको छ । ...

“पल्सर डेयर भेन्चर ४” अब नोभेम्बर १६ तारिकबाट शुरु

“पल्सर डेयर भेन्चर ४” अब नोभेम्बर १६ तारिकबाट शुरु

बजाज मोटरसाइकलका अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि. ले “पल्सर डेयर भेन्चर सिजन ४” रिफ्रेसड बाई स्प्राईट  लिएर आएको...

Ncell Footer Ad