१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

राजधानीमा अर्केस्ट्रा कन्सर्ट

काठमाडौं – राजधानीको प्रज्ञा प्रतिष्ठानमा अर्केस्ट्रा कन्सर्ट सम्पन्न भएको छ। बुधबार तलेजु धनकुमारी कोषले आयोजनामा गरेको ‘अन्नपूर्ण अटम अर्केस्ट्रा कन्सर्टमा नेपाल र विदेशका गरी २८ वटा विभिन्न संगीतहरु प्रस्तुत गरिएका थिए।

कार्यक्रमको सुरुमा जुनियर र सिनियर टोलीले नेपाली र नर्वेली राष्ट्रगान बजाए। त्यसपछि विभिन्न स्कुलका जुनियर वाद्यवादकले ११ वटा कम्पोजिसन सुनाए। दोस्रो चरणमा भने १५ वटा सांगितिक धुनको प्रस्तुत गरिएको थियो।

पहिलो चरणमा अम्बर गुरुङको ‘सुन गुनकेसरी’, ग्रीजको ‘एडवर्ड’, एन्टोलियो भिभाल्दीको ‘विन्टर’ र नेपाली लोक गीत ‘माछी मार’ प्रस्तुत गरिएका थिए। त्यस्तै, दोस्रो चरणमा एडवार्ड ग्रिग, योहन स्ट्रोस, व्यन्जामीन ब्रिटेन, गायक शिवशंकरको ‘म मरेपनि मेरो देश बाँचिरहोसर’, अम्बर गुरुङको ‘पोहोर साल खुसी फाट्दा’ र गोपाल योञ्जनको ‘देशले रगत मागे’लगायतका गीतको अर्केस्ट्रा प्रस्तुत गरियो। तलेजु धनकुमारी ट्रस्टले आयोजना गरेको कन्सर्टमा नयाँ विद्यार्थीलाई प्रोत्साहिन गरेको आयोजकले दाबी गरेको छ। पाँचौं शताब्दीमा ग्रिकबाट सुरु भएको अर्केस्ट्रा म्युजिक नेपालमा भने सन् २००९ मा पहिलो पटक प्रस्तुत भएको आयोजकले जनाएको थियो।

प्रकाशित: ३० आश्विन २०७६ ०१:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App