१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
प्रवास

एनआरएनएको नयाँ नेतृत्वका लागि मतदान सुरु, यस्ता छन् उम्मेदवार

काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए)काे निर्वाचन कार्यक्रम तालिका अनुसार नयाँ नेतृत्वका लागि मतदान शुरु भएको छ। अध्यक्ष, उपाध्यक्ष, महिला उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्षसहित क्षेत्रीय संयोजक, उपसंयोजक महिला र युवा संयोजकमा मतदान हुने छ। जसअनुसार अध्यक्ष पदका लागि कुमार पन्त र कुल आचार्य प्रतिस्पर्धामा छन्। त्यसैगरी उपाध्यक्षमा डा बद्री केसी, हिक्मत थापा, सोनाम लामा, मन केसी, धर्मराज अधिकारी, डा केशव पौंडेल, किरणविक्रम थापा, नरेन्द्र भाट, अर्जुन श्रेष्ठले उम्मेदवारी दिएका छन्।  

त्यसैगरी महिला उपाध्यक्षमा सफिला राजभण्डारी र रविना थापाको उम्मेदवारी परेको छ।

त्यसैगरी महासचिवमा डा हेमराज शर्मा र जानकी गुरुडको उम्मेदवारी परेको छ।  

सचिवमा गौरी जोशी, आरके शर्मा, दीपक प्रसाद ओली, अभिमानसिंह बस्नेत, शिव बरुवाल, विनय अधिकारी, शुष्मा लिम्बु रहेका छन्।

कोषाध्यक्षमा महेश श्रेष्ठ र सुदन थापाले उम्मेदवारी दिएका छन्। त्यसैगरी सहकोषाध्यक्षमा लोकप्रसाद दाहाल र गोविन्द गौतम रहेका छन्। महिला संयोजकमा प्रमिला बस्नेत, भोमा लिम्बु, जुनु गुरुङले उम्मेदवारी दिएका छ।

युवा संयोजककमा स्वतन्त्र प्रताप शाह, हिमाल गुरुड, सुदिप कार्की, रहेका छन्। क्षेत्रीय संयोजकमा केही निर्विरोध निर्वाचित भएका छन भने केही पदमा उम्मेदवारी परेका छन्। निर्विरोध हुनेहरुमा अफ्रिका संयोजकमा रोशन थापा, मनकला थापा विष्ट अफ्रिका संयोजक, उपसंयोजक अफ्रिकामा कसैको उम्मेदवारी नै परेको छैन।

एसिया प्रशान्तमा गोविन्द श्रेष्ठ, अजिव गुरुड, केपी सिटौला, महिलामा संयोजकमा अमृता थापा निर्विरोध निर्वाचित भएका छन्। त्यसैगरी क्षेत्रीय युवा संयोजकमा एसिया प्रशान्तमा मिलन घिमिरे, दिपक कँडेल रहेका छन्। अमेरिकाबाट क्षेत्रीय संयोजकमा राजन त्रिपाठी, डा. विनोद शाह र उपसंयोजकमा रामसी पोख्रेल रहेका छन्। महिला संयोजकमा राधा पौडेल, उमा कार्की रहेका छन्। अमेरिका क्षेत्रबाट युवा संयोजकमा विमला सापकोटा निर्विरोध भएकी छिन्।

त्यसैगरी मध्यपूर्वबाट क्षेत्रीय संयोजकमा प्रविन गुरुड निर्विरोध भएका छन् भने उपसंयोजकमा राजेन्द्र अर्याल र मनोज कुमार श्रेष्ठले उम्म्ेदवारी दिएका छन्। महिला संयोजकमा सुमित्रा पौडेल र युवा संयोजकमा राजु रेग्मीले उम्मेदवारी दिएका छन्।

त्यसैगरी ओसिनियाबाट क्षेत्रीय संयोजकमा होमनाथ पाण्डे र दिनेशराज जोशी, उपसंयोजकमा हरि रम्जाली, नविन कडेलले उम्मेदवारी दिएका छन्। ओसेनियाबाट महिला संयोजकमा जानकी पौडेल र युवामा राजकुमार थपलिया निर्विरोध निर्वाचित भएका छन्। त्यसैगरी युरोपबाट क्षेत्रीय संयोजकमा सन्तोष भट्राई, पदम गुरुड, गंगाधर गौतम, नारायण आचार्य र उपसंयोजकमा कृष्ण तिमसेना, शुक्रराज न्यैपाने, बालकृष्ण श्रेष्ठ, कुमार पण्डित, सुरेन्द्र प्रधान, मुक्त बहादुर गुरड, र नवराज रोस्यारा रहेका छन्।

प्रकाशित: २९ आश्विन २०७६ १५:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App