१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

बक्स अफिस प्रणाली लागू हुन्छ : मन्त्री कार्की

काठमाडौँ- सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले चलचित्र क्षेत्रको विकासमा महत्वपूर्ण मानिएको ‘बक्स अफिस’ प्रणाली लागू गरिने बताएका छन्।

चलचित्र निर्माता सङ्घले आज उनकै कार्यकक्षमा बुझाएको ज्ञापनपत्र बुझ्दै मन्त्री कार्कीले चलचित्रको व्यावसायिकता र उत्थानका लागि सरकारले ठोस कार्ययोजना अगाडि सारेको र त्यसमा सहयोग गर्न सबैलाई आग्रह गरे।  

उनले नेपाली चलचित्रको विकास र विस्तार हुनु जरुरी रहेको उल्लेख गर्दै बक्स अफिस अविलम्ब कार्यान्वयन गराउन चलचित्र विकास बोर्डलाई निर्देशन दिइने बताए। सञ्चारमन्त्री कार्कीले भने, “चलचित्र क्षेत्रको विकासका लागि भएका सम्पूर्ण मागलाई सकारात्मक रुपमा लिएको र आफूले चाँडै चलचित्र विकास बोर्डमा गई अनुगमन गर्नेछु ।” मन्त्रालयकोतर्फबाट हुने र सक्नेजति काम गर्ने प्रयास गरिन्छ, उनले भने।”

राष्ट्रिय चलचित्र नीति कार्यान्वयन गर्न, कार्यान्वयन तथा अनुगमन समितिलाई सक्रिय बनाउन तथा कार्य गर्ने वातावरण निर्माण गर्न र बक्स अफिस अविलम्ब कार्य गर्न एव्म गराउन चलचित्र विकास बोर्डलाई निर्देशनसहितको पत्राचार गरियोस् भन्ने लगायतका माग पेस गरिएको सङ्घका अध्यक्ष तथा कलाकार नवल खड्काले जानकारी दिए। रासस

 

प्रकाशित: १३ मंसिर २०७३ १३:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App