१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

संविधान संशोधनको औचित्य छैन: बरिष्ठ नेता खनाल

सन्तोष सिंह

सर्लाही-  नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले परवल, बोडी र भन्टालाई सियो धागोले जोडेर माला बनाए जस्तै नेपालको संविधानले तराई/मधेस, पहाड, हिमाल संगसंगै विभिन्न जातजातिलाई जोडने काम गरेको बताएका छन्। २ नं प्रदेश कमिटीको बैठकमा सहभागि हुन आएका खनाललाई नेताहरुले तरकारीको माला लगाएर स्वागत गरेका थिए।

'सम्पूर्ण नेपालीलाई एक धागोमा जोडने संविधान संशोधनको औचित्य छैन, खनालले भने,‘मधेसी मोर्चाले अस्विकार गर्दैमा संविधान संशोधन हुदैन। मधेसी मोर्चाले अस्विकार गर्नु भनेको सिंगो तराइ/मधेसले अस्विकार गर्नु होइन।’ ११ जना सांसद मात्रै रहेको मोर्चाले बिरोध गर्दैमा संशोधन आवश्यक नरहेको खनालले बताए। 

कार्यक्रममा नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले प्रदेश नम्बर २ का बासी देश भक्तिको मामलामा एक इन्चतलमाथि नहुने बताए। नेकपा एमाले मधेस बिरोधी र संविधान संशोधनको विपक्षि होइन,पोखरेलले भने,‘ संविधान गतिशिल दस्ता हो संशोधन हुन सक्छ। तर, संशोधनको नाममा हिन्दी भाषा संविधानमा राख्न मिल्दैन।’ नेकपा एमाले राष्ट्रभाषको रुपमा हिन्दीलाई संविधानमा सुचिकृत हुन दिंदैन, उनले भने।

नेकपा एमालेको हरिवन नगर र जिल्ला कमिटिले आयोजना गरेको प्रदेश संगठन कमिटि प्रदेश नम्बर २ को प्रथम बैठकको उदघाटन कार्यक्रममा सर्लाहीकै नेताहरु सहभागि भएनन् । कार्यक्रम आयोजना गर्ने विषयमै विभाजित भएका अर्का गुट कार्यकर्ता कार्यक्रम स्थाल देखिएन। उदघाटन एक गुट र बैठक अर्को गुटले गर्ने आन्तरिक सहमति भएको एमालेका स्थानीय नेताले बताए।

प्रकाशित: १३ मंसिर २०७३ १२:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App